मुख्यमन्त्री शाहीले मन्त्रीहरुलाई भने, ‘योजना कार्यान्वयनमा गम्भीर भएर लाग्नुहोस्’

माघ ९, काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै सचिवहरुलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।
प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलियासहित आर्थिक मामिला तथा योजना, आन्तरिक मामिला तथा कानून, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र पूर्वाधार विकास मन्त्रालयका सचिव सम्मिलित आजको ंबैठकमा विभागीय मन्त्रालयका सचिवहरुलाई बजेट, योजना तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।
null
उनले कछुवा गतिमा बढेका योजनाले प्रदेश सरकारको मर्मअनुरुप काम हुन नसक्ने भन्दै सबैको संवेदनशिलता आवश्यक रहेको बताए ।
‘अहिले बजेट कार्यान्वयन नै सबैभन्दा ठूलो चुनौती भएको छ । परिणाम निकाल्ने गरी काममा तीव्रता दिन दिनुस्’, मुख्यमन्त्री शाहीले भने ।
कर्मचारीले प्रदेश सरकारको संस्थागत गर्न सहयोग गरेको प्रशंसा गर्दै मुख्यमन्त्री शाहीले विभागीय मन्त्रीलाई पनि मङ्गलबार योजना कार्यान्वयनका विषयमा गम्भीर भएर लाग्न आग्रह गरे ।








