चौथो राष्ट्रिय योग दिवस

माघ २, कैलाली । शान्ति र समृद्घिका लागि योग” भन्ने मुुल नाराका साथ चौथो राष्ट्रिय योग दिवसको अवसरमा जानकी गाउँपालिका र पतञ्जली योग समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै जानकी गाउँपालिका अध्यक्ष प्रदिपकुुमार चौधरीले स्वास्थ्य रहनका लागि योग अनिवार्य रहेको बताए । अध्यक्ष चौधरीले स्वस्थय रहनका लागि योग आवश्यक रहेको बताउँदै मानिसमा खुुशी र सँस्कारी भएमात्र शान्ति प्राप्त गर्ने बताए । गाउँपालिकाका उपाध्यक्ष उमा महतोले शान्ति र समृद्घिका लागि योग भन्ने नारालाई सफल पार्नका लागि सबैले योगलाई अनुुशरण गर्नुुपर्ने बताए ।
null
उनले निरोगी व्यक्तिले मात्र शान्ति र समृद्घि ल्याउन सक्ने बताउंदै परिर्वतनका लागि विचारमा परिर्वतन ल्याउन जरुरी रहेको बताए । पतञ्जली योग समिति प्रदेश नः ७ का महामन्त्री देवबहादुुर मल्लले प्रत्येक स्थानिय तहमा योग अनुुष्ठान आवश्यक रहेको बताउँदै आगामी दिनमा भव्यरुपमा योग दिवस मनाउने प्रतिवद्वता व्यक्त गरे । कार्यक्रमका पतञ्जली योग समिति प्रदेश नः ७ का संगठन मन्त्री ठम्मन बहादुुर बमले आफ्नो वास्तविकतालाई छोडेर गइरहेका कारण मानिसहरु रोगी भैरहेको बताए ।
कार्यक्रममा श्रीराम कठरिया, कान्तिप्रसाद ज्ञवाली, बालकुुमार चौधरी, खडग बहादुुर शाही, पुुर्ण महत्तो र लक्ष्मी ओड लगायतले बोलेका थिए । कार्यक्रममा गित, कवित, नृत्य, योग अभ्यास प्रस्तुत गरिएका थिए भने स्वागत रामकुुमारी चौधरीले गरेका थिए ।
पतञ्जली योग समिति जानकी गाउँपालिकाको अध्यक्ष जितबहादुुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन दिपकराज ढुुङगानाले गरेका थिए । कार्यक्रममा पत्रकार सहित योग साधना र योगको विकासमा सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।








