नेकाकाे प्रदेश नं. १ कमिटिकाे अध्यक्षमा रंजित

पुस २९, विरगंज । केहि महिना अघि गठन भएको राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) ले प्रदेश नं. २ मा प्रादेशिक कमिटि गठन गरेको छ ।
पुस २७ गते प्रदेश नं. २ को विरगञ्जमा आयोजित भेलाले नेसेण्ट एजुकेशन फाउण्डेसनका प्रबन्ध निर्देशक रंजित कुमार पंडितलाई अध्यक्षमा चयन गर्दै प्रादेशिक कमिटि गरेको हो ।
null
११ सदस्यीय कमिटिको उपाध्यक्षमा सुभम चौरसिया, कोषाध्यक्षमा संजिव सिंह र सचिबमा गणेश थापा चयन भएका छन् । कमिटिको सदस्यहरुमा दिपेन्द्र यादव, ओम प्रकास श्रेष्ठ, दिगम्बर थापा, राकेश साह, शेख वकिल मिया, जय प्रकास चौरसिया, बजरंङगी साह रहेका छन् ।
प्रदेश कमिटि गठनको कार्यक्रममा नेकाका केन्द्रिय संयोजक सन्तोष प्याकूरेल, वरिष्ठ सल्लाहकार द्धिराज शर्मा र सरोज कुमार बस्नेतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५B1 का एओजी तथा व्यवसायी शिवराम फुँयाल तथा अस्ट्रेलियन क्यान्टावरी कलेजका प्रतिनिधि तथा परामर्श व्यवसायी रमन कोईराला लगायत कन्सल्टेन्सी ब्यवसायीको उपस्थिति रहेको थियो ।
नेकाले दुई साता अघि माेहन तिगेलाकाे अध्यक्षतामा प्रदेश नं. १ को कमिटि चयन गरिसकेको छ ।








