स्वास्थ्य बिग्रँदै गएपछि डा.केसीलाई आईभी एन्टिबायोटिक दिन सुरु

लाम –  स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इलाममा अनसनरत डा.गोविन्द केसीलाई मंगलबार सुईबाट (आईभी एन्टिबायोटिक) औषधि दिन सुरु गरिएको छ। 

केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उनकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ। उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि प्रयोग नगरिएको जानकारी दिए। 

डाक्टर केसीले हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा  १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नु पर्ने सहितका ६ बुँदे माग राखेर गएको पुस २५ गतेबाट इलाममा १६ औँ सत्याग्रह सुरु गरेका हुन्। डा.केसीको अनसन आठौँ दिन पुग्दा पनि सरकार मौन रहेको छ।  

null

डा. शाहका अनुसार अनसनरत डा. केसीको मुटुको चाल घटेर ३५ र बढेर २०० सम्म पुगेको छ भने शरीरमा अक्सिजनको मात्रा घटेर ८० प्रतिशतसम्म पुगेको छ ।  

डा. शाहका अनुसार केसीलाई आईसीयूमा राख्नुपर्ने भए पनि अस्पतालमा आईसीयू नभएकाले उपचारमा समस्या देखिएको छ । उपचारका लागि डा. केसी अन्यन्त्र जान नमानेपछि इलाम अस्पतालमै आईसीयूको सेवा दिने तयारीसमेत भइरहेको उनले बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *