वाइडबडी जाँचबुझ आयोगमा बस्न सदस्य पाठकले किन अस्वीकार गरे ?

 

माघ ८, काठमाडौँ । पूर्व महान्यायाधिवक्ता समेत रहेका नरेन्द्र पाठकले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रिया छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा बस्न अस्वीकार गरेका छन् । 

सरकारले संसदीय उपसमितिले वाइडबडी खरिदमा अनियमितता भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेपछि तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा गठन भएको जाँचबुझ आयोगमा नरेन्द्र पाठक पनि सदस्य तोकिएका थिए । 

null

पुस १९ गतेमो मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको आयोगलाई ४५ दिनको समयसीमा तोकिएको थियो । पराजुलीको संयोजकत्वमा रहेको आयोगमा पाठक र चार्टर्ड एकाउन्टेन्ट मदन शर्मा सदस्य रहेका छन्। 

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानका लागि राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको टोलीमा पनि पाठक संलग्न भएका कारण वाइडबडि प्रकरणमा समय दिन नभ्याउने भन्दै पाठक पन्छिएका हुन् । 

अनुसन्धानको नेतृत्व पाठकले गरिरहेका छन्। सो अनुसन्धान प्रक्रियामा संलग्न भइरहेका कारण आयोगमा बस्न नसक्ने जानकारी पाठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिइसकेका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =