देश ओली र प्रचण्डमय हुनुपर्छ भन्ने सोच अधिनायकवाद हो

माघ ८ गतेदेखि सातै वटा प्रदेशका राजधानीहरुमा नेपाल तरुण दलले बर्तमान सरकारका अधिनायकवादका विरुद्ध संघर्षका कार्यक्रम तय गरेको छ । नेपाली कांग्रेस प्रतिपक्षीको भूमिकामा शशक्त रुपमा आउन सकेन भनेर गुनासो आइरहेको अवस्था छ । र, सरकारले बारम्बार जनभावना विपरित काम गरिरहेको अवस्थामा तरुण दलले दुवै कुरालाई उठाउन संघर्षको घोषणा गरेको हो । 

डेढवर्ष सम्म सरकारका विरुद्धमा नबोलेकै हो । निर्वाचित भएर आएको सरकारलाई केहि समय काम गर्न दिनुपर्छ भनेर आवाज त उठायौंं तर, शशक्त रुपमा उठाएनौं । सरकार नालायक र असफल देखियो । यो सरकार खाली उखान टुक्का भरेर गफ चुटेर मात्र बस्ने, हल्ला मात्र गर्ने भयो । कतिपय सरकारका निर्णयहरुले सरकार अधिनायवाद तर्फ अग्रसर भएको पाइएकोले त्यसलाई खबरदारी गर्न तरुण दलले आन्दोलनको घोषणा गरेको हो । 

संसदमा सरकार यतिसम्म निरंकूश भएर प्रस्तुत भएको छ की प्रधानमन्त्रीलाई समेत प्रश्न गर्न दिइएको छैन । सांसदहरुको मुखमा सरकारले ताल्चा लगाउने कार्य गर्यो । 

null

डेमोक्रेसीमा प्रतिपक्षीले संसदबाटै सरकारलाई खबरदारी गर्नुपर्छ । नेपाली कांग्रेसका सांसदहरुले संसदमा कति आवाज उठाइरहनु भएको छ त्यो घाम जत्तिकै छर्लङग छ । संसदमा सरकार यतिसम्म निरंकूश भएर प्रस्तुत भएको छ की प्रधानमन्त्रीलाई समेत प्रश्न गर्न दिइएको छैन । सांसदहरुको मुखमा सरकारले ताल्चा लगाउने कार्य गर्यो । प्रतिपक्षलाई संसदमा बोल्न नदिँदा सडकबाट त बोल्नु पर्यो नी । तरुण दल सडकबाट जनताका आवाज र भावना बोल्न खोज्दैछ । यसमा जनतालाई दुखः दिएर आन्दोलन गर्ने हैन की देशभरका तरुणलाई चलायमान गराउन र सरकारलाई तरुण दल सडकमा प्रतिपक्षीको भूमिकामा छ है भनेर देखाउन पनि विरोध प्रर्दशन गर्न लागिएको हो । 

तरुण दल नेपाली कांग्रेसको भातृ संगठन भएकोले निर्देशन दिन मिल्दैन । यो विषयमा पार्टीले बोल्नुपर्छ । हुन सक्छ कतिपय सवालमा पार्टीले संसदमा आवाज उठाउन सकेन । तर, भूमिकै नभएको भन्ने हैन । राष्ट्रियताका सवालमा होस् वा जनताका जनजिविकाका सवालमा या भ्रष्टाचार र शुशासनका सवालमा कांग्रेसले संसदमा आवाज उठाएको छ । 

महासमिति बैंठक भन्दा अगाडी कांग्रेस पार्टीभित्रको विवादमा अल्झिएको सत्य हो । गुट उपगुट र कलह थिए । त्यसलाई महासमिति बैठकले हटाएको छ । बैठकको समापनसम्म आइपुग्दा पार्टी सभापति र बरिष्ठ नेता रामचन्द्र पौडेल अन्तरविरोधलाई चिरेर एकै ठाउँमा आइपुग्नु भयो । यसले पार्टीमा नयाँ रक्त सञ्चार भएको छ । र, अहिलेको समय कम्युनिष्ट अधिनायक विरुद्ध, सरकारका गलत कृयाकलापका विरुद्ध एक भएर जानुपर्छ भन्ने भएको छ । आज समस्या छैन । 

संसदमा कांग्रेसको आवाज बन्द गर्ने कूचेष्टा सरकारले गरेपछि तरुण दलले सडक मार्फत यीनै मुद्दाहरुलाई उठाउन खोजेको हो ।  

पार्टी भित्र देखिएका आन्तरिक द्वन्द्व भन्दा राष्ट्रियता र जनताका पक्षमा सरकारले गरेका निर्णयहरु गलत भएकोले घोषणापत्रमा सरकारलाई गाली गर्नु प्रतिपक्षीको हिसाबले स्वभाविक हो । सरकारका पछिल्ला निर्णयहरु स्वभाविक रुपमा गाली गर्न लायक छन् । तपाई निर्मला पन्त हत्या काण्ड हेर्नुहोस, वाइडबडी काण्ड, महंगी नियन्त्रण गर्ने सवाल, होलीवाइन काण्ड हेर्नुहोस । सरकारले कहिँ कतै राम्रो काम गर्न सकेको छैन । 

 

निर्मला हत्या काण्ड देखि होली वाइन र वाइडबडी काण्डमा कांग्रेसले संसदमा आवाज नउठाएको भए अहिले देशभर यी मुद्दाहरु घनिभूत भएर जान सक्ने थिएनन् । हुन सक्छ कतिपय सवालमा पार्टी कमजोर भयो । 

संसदमा कांग्रेसको आवाज बन्द गर्ने कूचेष्टा सरकारले गरेपछि तरुण दलले सडक मार्फत यीनै मुद्दाहरुलाई उठाउन खोजेको हो । यसमा नेपालका केहि मेन स्ट्रिमिङका मिडियाले प्रतिपक्षीका आवाजलाई बाहिर नल्याइदिँदा पनि कांग्रेस ओझेलमा परेको हो । सरकारका समाचार प्रथम पृष्ठमा आउँदा अभिनायकवादका विरुद्ध हाम्रा समाचार आइदिएन । मेरो भन्नुको मतलव मिडियाले प्रतिपक्षीले सरकारलाई कसरी खबरदारी गरेको छ भन्ने कुरालाई पनि प्राथमिकतामा राख्नुपर्छ भन्ने हो । 

युवाहरु आफैंमा विवेकशील हुन्छन, तरुण दलले कांग्रेसले गलत गर्दा चुप लागेर बसेको छैन । मेरो ब्यक्तिगत कूरा गर्दा म कुनै नेता र ब्यक्ति हेरेर भन्दा पनि उसको विचार, दृष्टिकोण हेरेर समर्थन र आलोचना गर्ने गर्दछु । 

नेपाली कांग्रेस पनि दुधले नुहाएको, सुनपानी छर्किएको हामीले कहाँ भनेका छौं त ! हिजोको दिन सत्ता सञ्चालनमा कांग्रेसले पनि कमजोरी गर्यो । जनताका भावना माथि खेलवाड गर्यो । कार्यकर्ताको मुल्यांकन गर्न सकेन । युवाहरुलाई भूमिका दिन सकेन । हामीसँग पनि समस्याहरु छन् । आज कम्युनिष्टले गलत गर्यो भनेर कांग्रेसले विरोध गरिरहँदा हिजो उसले पनि गलत गरेको थियो भन्ने आँट तरुण दलले राखेको छ । 

प्रधानमन्त्री केपी ओलीको सोच, उखान टुक्का सहितको अभिब्यक्ति, काम गर्ने तरीकाले सरकार अधिनायकवाद तर्फ उन्मुख भयो भन्ने प्रष्ट छ । राष्ट्रपतिको कदमलाई लिन सक्छौं । कांग्रेसको सरकारले गरेका निर्णयलाई अबैधानिक भन्नुहुन्छ । अनी त्यहि निर्णय उल्ट्याएर ओली सरकारले गरेको निणर्यलाई बैधानिक भन्नुहुन्छ । संस्कृत विश्वविद्यालयको उपकुलपतिलाई एयरपोर्ट बाटै अपहरण शैलीमा बालुवाटार ल्याएर थुनिन्छ । वीर अस्पतालको चिकित्सकलाई थुनिन्छ, त्यो अधिनायकवाद होकी हैन ? जुम्लामा अनसन बसेका डा. गोविन्द केसीका समर्थक माथि अस्पताल भित्रै गोली चलाइनु अधिनायकवाद हैन ? प्रेस माथिको हस्तक्षेप अधिनायकवाद हैन ? निर्मला पन्तको हत्यारा जोगाउन लागि परेको छ, वाइडबडी भ्रष्टाचारीलाई जोगाउनु अभिनायकवाद हैन ? अदालतमा त कम्युनिष्ट सरकारको छायाँ सरकार नै छ । देश ओलीमय, प्रचण्डमय हुनुपर्छ भन्ने सोच अधिनायकवाद हो । यो सरकार लोकतन्त्रको बाटोमा छैन । 

गाउँमा आमा दिदी बहिनीको शरीरमा लूगा छैन, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिन्छ । दुर्गम जिल्लामा एम्बुलेन्स नपाएर सुत्केरी महिलाको मृत्यू हुँदा सरकार राष्ट्रपतिलाई अर्बौको हेलिकप्टर किन्न अग्रसर हुन्छ । यो खालको प्रवृत्तिले चैं जनतामा गणतन्त्र प्रति रुष्टता देखिएको छ ।  

केपी ओली र कम्युनिष्ट सरकारलाई हिटलर मुसोलिनी र राजा बन्ने रहर मात्र हो, यो धेरै समय टिक्दैन । संसारमा यस्ता निरंकुशताहरु धेरै टिकेका छैनन् । ओली सरकारको केहि दिनको भ्रम मात्र हो । लोकतन्त्रको विकल्प अधिनायकवाद हुन सक्दैन । उहाँहरु चाडै सच्चिएर जानु भएन भने यो सरकार धेरै टिक्दैन । दुई तिहाईको बलमा देश र जनतामा अधिनायकवाद लाद्ने कार्य हुन्छ भने, त्यसको विरुद्ध तरुण दल जस्तोसुकै संघर्ष गर्न तयार छ । नेपाली कांग्रेस सुतेकाे छैन । अब जुर्मुराउँदैछ । तरूण दल देशभर अधिनायकवादका विरूद्ध सडकमा उत्रंदैछ । 

जनताको भावना माथि ताल्चा लगाउन सकिँदैन र, जनताभन्दा माथि कोही छैन । हिजो रत्नपार्कमा राजा चाहिँदैन भनेर कराउने हामी नै हौं । गणतन्त्र आएपछि जनताको शासन हुन्छ, गरिब जनताले सुख पाउँछन् भनेर अनुभूत गरेका थियौं । तर, अहिले आएर हामीलाई पनि एउटा राजा हटाउने नाममा १०/१२ जना नयाँ राजाहरुको जन्म भएको होकी भन्ने लागेको छ । गाउँमा आमा दिदी बहिनीको शरीरमा लूगा छैन, राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिन्छ । दुर्गम जिल्लामा एम्बुलेन्स नपाएर सुत्केरी महिलाको मृत्यू हुँदा सरकार राष्ट्रपतिलाई अर्बौको हेलिकप्टर किन्न अग्रसर हुन्छ । यो खालको प्रवृत्तिले चैं जनतामा गणतन्त्र प्रति रुष्टता देखिएको छ । 

ज्ञानेन्द्रलाई हटाएर जनतालाई अधिकार सम्पन्न बनाउने भनेको तर, त्यसो हुन सकेन । नयाँ राजाहरु आइदिए । 

राजतन्त्र र हिन्दु धर्म भनेका फरक कुरा हुन् । कसैले हिन्दु राष्ट्र भन्दैमा त्यहाँ राजतन्त्र आउछ भन्न सकिन्न । धर्म आस्था हो । भने, राजतन्त्र प्रणाली हो । राजा जहाँ हुन्छ त्यहाँ हिन्दु राष्ट्र हुन्छ भन्ने छैन । 

राजतन्त्र फर्कन्छ फर्किन्न भन्ने कुरा भन्दा पनि राजा ज्ञानेन्द्रलाई हटाउनु भनेको अरुलाई राजा मान्नु पर्छ भन्ने हैन । यो सोचबाट हामी मुक्त हुनुपर्छ । धर्मको विषयमा नेपाली कांग्रेसले सबै धर्मलाई समान रुपमा हेर्दा धर्मनिरपेक्षताका नाममा अहिले पैसा बाँडेर होली वाइन खुवाउने, धर्मपरिवर्तन गर्ने कुराको तरुण दल घोर विरोध गर्दछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *