राष्ट्रियसभामा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ टेबल

 

माघ १४, काठमाडौँ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गरेका छन् । 

आजको दोस्रो बैठक शुरु हुनेबित्तिकै नेपाली काङ्ग्रेसका सांसदहरु आ–आफ्ना स्थानबाट उठी बैठकलाई अवरोध गरेका थिए । अवरोधका बीचमा नै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आजको शून्य, विशेष समय नहुने र दैनिक कार्यसूचीबाट विभिन्न बुँदा हटाएको जानकारी दिए । 

null

यसपछि नेपाली काङ्ग्रेसका सांसद आ–आफ्ना आशनबाट उठी रोष्टम अगाडि गई नाराबाजी गरिरहे । नाराबाजीका बीचमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ लाई टेबल गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *