एन आई सी एशिया बैंकको उदाहरणीय कामः जिप्रका सुनसरीलाई ब्यारीकेड तथा प्रहरी चेकिङ्ग बोर्ड

माघ १०, सुनसरी । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई ब्यारीकेड तथा चेकिङ्ग बोर्ड सहयोग गरेको छ । 

आज सुनसरीमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेड र १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरिएको हो ।  

ब्यारीकेड तथा प्रहरी चेकिङ्ग बोर्ड बैंकका उप प्रादेशिक कार्यालय कोशी प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गर्दै बैंकले ब्यवसायीक क्षेत्रमा अभूतपूर्व सफलता हासिल गर्दै जाँदा सामाजिक काम पनि गर्दै आइरहेको बताए । उनले सामाजिक उद्दरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सो सहयोग गरिएको बताए ।  

null

बैंकले मुलुकभर फैलिएको आफ्नो २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ । 

यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *