वाइडबडी प्रकरणमा तानिएका सबैलाई छानबिनको दायरामा ल्याउन योगेश भट्टराईको माग

 

पुस २९, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले वाइडबडि भ्रष्टाचार प्रकरणमा तानिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी दोषी देखिए कारबाही गरिने बताएका छन् । 

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता भट्टराईले छानबिनका क्रममा मन्त्री अधिकारी पनि दोषी देखिए कारबाही गरिने बताएका हुन् । 

null

वाईडबडी विमान खरिद प्रकरणमा ४ अर्ब ३५ करोड बढी भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको पनि संलग्नता रहेको उल्लेख गर्दै संघीय संसदको सार्वजनिक लेखा समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । 

नेता भट्टराईले वाइडबडि खदिरमा विवादमा तानिएका सबैमाथि निष्पक्ष रुपमा छानबिनको माग समेत गरेका छन् । 

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सो प्रकरणमा मुछिएको टिप्पणी सत्तारुढ दलकै सांसदहरुले गर्न थालेपछि नेकपाका नेतासमेत रहेका भट्टराईले सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका हुन्। 

वाइडबडि प्रकरणमा यथार्थ छानबिन गर्न प्रमुख प्रतिपक्ष दलका नेता देउवाको आग्रहमा सरकारले छानबिन आयोगनै गठन गरेको स्पष्ट पार्दै नेता भट्टराईले यस विषयलाई लिएर आफ्नो पार्टीले कसैप्रति पूर्वाग्रह नराख्ने बताए । 

उनले नेपालमा अन्तर्राष्ट्रिय लगानी आउन नदिने षडयन्त्र अन्तरगत वाइडबडी विमान खरिद प्रकरणलाई उचालेको हुन सक्ने आशंका गर्दै सचेत रहन पनि सम्बन्धित पक्षलाई आग्रह गरे।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =