मुक्तिनाथ बैंकले फर्काइदियो भीम बहादुरको परिवारमा खुसी

 

माघ १, कास्की । अन्नपुर्ण गाउपालिका–५, झोवाङ्ग कास्कीका ३४ वर्षिय भीम बहादुर खत्री क्षेत्रीले साना तथा लघु बैंंकिङ्ग कार्यक्रम अन्तर्गत बिनाधितो मुक्तिनाथ विकास बैंकबाट व्यक्तिगत लघु उद्यम कर्जा लिएका थिए ।  

२०७४ माघ ७ गते गाडी सञ्चालनका लागि बैंकबाट १ लाख ३० हजार कर्जा लिएका इमान्दार भीम बहादुरको नियमित कर्जा भुक्तान गर्दागर्दै गाडी दुर्घटनामा निधन भयो ।  

null

उनको निधन हुनु अगाडी उनले बैंकलाई १० हजार ८ सय ४७ रुपैंया तिर्न बाँकी थियो । परीवार भीम बहादुरको काजक्रियामा बसेका बेला बैंकको ऋण तिर्ने अवस्था भएन ।  

तर, उल्टै बैंकले भीम बहादुरले लिएको कर्जाको बाँकी किस्ता रकम मिनाहा गर्दै हाल सम्म भुक्तानी गरेको साँवा तथा व्याज रकम समेत फिर्ता गरिदिएपछि स्व. भीम बहादुरको परिवारमा खुसी छाएको छ ।  

 

मुक्तिनाथ विकास बैंकबाट कर्जा लिएका भीम बहादुरको मृत्यू पश्चात बैंकले बाँकी किस्ता रकम मिनाहा गर्नुका साथै पहिला बुझाएको साँवा ब्याज १ लाख ३२ हजार ३ सय १० रुपैंया पनि घरमै गएर फिर्ता गरिदिएपछि खत्री परिवारमा खुसी छाएको हो ।  

साथमा बैंकले भीम बहादुरको परिवारलाई काजक्रिया खर्चका लागि भनेर थप ५ हजार पनि दियो । यसले खत्री परिवारलाई राहत पनि भयो । जिप चालक भीम बहादुरको गत पौष २२ गते घान्दु्रक जाने क्रममा दुर्घटनामा परि निधन भएको थियो ।  

खत्री परिवार भीम बहादुरको काजक्रियामा बसिरहेकै बखत बैंकका क्षेत्रिय प्रवन्धक वावुराम ढकाल, अन्नपुर्ण गाउँपालिका प्रमुख युवराज कुँवर, ५ नंं वडाका अध्यक्ष जिवनाथ पौडेल, पृथ्वीचोक शाखा कार्यालयका प्रमुख रामचन्द्र पौडेलको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।  

उक्त कार्यक्रममा वैंकका नयाँपुल शाखा प्रमुख भुवन वहादुर वस्नेत, साना तथा लघु वैङिकङ्ग कार्यालय प्रमुख सन्जय भण्डारी समेत पुगेका थिए । ‘थोरै पैसा लिएर ब्यवसाय गर्ने इमान्दार ऋणीहरुका लागि बैंकले ल्याएको यो योजना अत्यन्त लाभप्रद छ ।’ बैंकका नयाँपुल शाखका प्रमुख भुवन बहादुर वस्नेतले बताए ।  

बैंकले ऋण लिएका ग्राहकको मृत्यु पश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा गर्दै विगतमा बैँकलाई भुक्तानी भएको साँवा तथा ब्याज पनि फिर्ता हुने नयाँ कर्जा योजना ल्याएपछि त्यसले कर्जा लिनेलाई राहत भएको छ ।  

योजना अन्तर्गत बैंकबाट सामुहिक जमानी वा ब्यक्तिगत जमानतमा बिनाधितो कर्जा लिएका ग्राहकको सो अवधिभित्र मृत्यु भएमा बाँकी रहेको रकम मिनाहा भई सो अवधिमा भुक्तान गरेको सम्पूर्ण रकम मृतकको परिवारलाई फिर्ता हुने व्यवस्था छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *