सिटिको सानदार जित छ खेलाडिले गरे गोल

एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा च्याम्पियनसिप क्लब रोदरहम युनाइटेडलाई ७ – ० गोल अन्तरले पराजित गर्दै सिटीले चौथो चरणमा स्थान पक्का गरेको हो । 

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ, फिल फाडेन, ग्याब्रियल जिसस, रियाद महरेज, निकोलस ओटामेन्डी र लोरी सानेले एक एक गोल गरे । सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । रोदरहमका सेमी अजयीले आत्मघाती गोल गरेका थिए । 

इतिहाद स्टेडियममा १२ औं मिनेटमा स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा फाडेनले गोल गर्दै सिटीको अग्रता २ – ० को बनाए । खेलको ४५ औं मिनेटमा रोदरहमका अजयीले आत्मघाती गोल गर्दा सिटीको अग्रता ३ – ०  को बन्यो । 

null

सिटीले दोस्रो हाफमा थप चार गोल गर्यो । खेलको ५३ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता ४ – ० को बनाए । ७३ औं मिनेटमा महरेजले सिटीको अग्रता ५ – ० को बनाए । ७८ औं मिनेटमा ओटामेन्डीले गोल गर्दा सिटीको अग्रता ६ – ० को बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई ७ – ० को जित दिलाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *