वैदेशिक रोजगार विभागबाट ७ बिचौलिया समातिए

पुस २४, काठमाडौँ । महानगरीय प्रहरी परिसर टोलीले वैदेशिक रोजगार विभागका ७ बिचौलियालाई नियन्त्रणमा लिएको छ । 

प्रहरीले काठमाडौंको कालिमाटीस्थित वैदेशिक रोजगार विभागमा सेवाग्राहीहरुलाई ठगी गर्ने ७ जना बिचौलियालाई पक्राउ गरिएको जानकारी गराएको हो । 

पक्राउ पर्नेहरुमा काभ्रे साँखु घर भई हाल कालिमाटी बस्ने २५ वर्षीय भरत तामाङ, काभ्रे मंगलटार घर भई हाल काठमाडौं न्यूरोड बस्ने ३७ वर्षीय दिपु शाह, भक्तपुर बोडेका ३६ वर्षीय मनुराज न्यौपाने, मोरङ पट्यारी घर भई हाल भक्तपुर बालकोट बस्ने २४ वर्षीय पुजन राई, काभ्रे कोशीपारी घर भई हाल काठमाडौं सानो भर्याङ बस्ने ३५ वर्षीय गणेश तामाङ, काठमाडौं बाफलका २० वर्षीय विकल शाही र काठमाडौं बाफलकै २६ वर्षीय राजेश तामाङ रहेका छन् । 

null

सेवाग्राहीमाथि ठगी गर्नेहरुलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसरले जनाएकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *