पहिलो रोजाईका ५ खेलाडिबिनै उत्रिएको बार्सिलोना सेभिल्लासँग पराजित

एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ  । बुधबार राति भएको  बार्सिलोना सेभिल्लासंग २ – ० गोल अन्तरले पराजित भएको हो । 

घरेलु मैदानमा पाब्लो साराबिया र विसम बेन एड्डरले एक एक गोल गरेपछि सेभिल्लाले बार्सिलोनालाई २ – ० ले हराएको हो  । जितसंगै सेभिल्लाले कोपा डेल रेको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।  

कप्तान लियोनल मेस्सीबिना मैदान उत्रिएको बार्सिलोनाविरुद्ध सेभिल्लाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । दोस्रो हाफमा भने दुई गोल गर्यो ।  

null

खेलको ५८ औ मिनेटमा साराबियाले गोल गर्दै सेभिल्लालाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७६ औ मिनेटमा एड्डरले गोल गर्दै सेभियालाई २ – ० को अग्रता दिलाए । 

योसंगै सेभिल्लाले समग्रमा २ – ० को अग्रता बनाएको छ । दुई टोलीबीचको दोस्रो लेग बार्सिलोनाको मैदानमा हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्न बार्सिलोनालाई उक्त खेलमा फराकिलो जित आवश्यक भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *