विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखियो, सतर्कता अपनाउन डाक्टरको आग्रह

काठमाण्डौं । विभिन्न ठाउँमा स्वाइनफ्लुको संक्रमण देखिएकाले सतर्कता अपनाउन डाक्टरले आग्रह गरेका छन् । काठमाण्डौ, रामेछाप र बारालगायत ठाउँका अस्पतालमा पुगेका बिरामीमा स्वाइनफ्लुको संक्रमण देखिएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले बताए।  

विषेशगरी मंसिरदेखि माघसम्म र वर्षायामका बेला स्वाइन फ्लु देखिने गर्छ । स्वाइनफुलु छिट्टो सर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरे। सुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, घाँटी दुख्ने लक्षण स्वाइनफ्लुको हुन सक्ने भएकाले स्वास्थ्य संस्थामा गइहाल्न डाक्टर पुनले आग्रह गरे।  

चार प्रकारका स्वाइनफ्लु मध्ये एचवान एनवान भाइरस सबैभन्दा खतरनाक हो । अहिले नेपालका विभिन्न ठाउँमा देखिएको भाइरस पनि एचवान एनवान नै भएकाले झनै सतर्कता अपनाउनुपर्ने डाक्टर पुनले बताए। 

null

यो रोग सुँगुरको सम्पर्कबाट सर्ने रोग भनेर चिनिए पनि झारपात र अरु जनावरको सम्पर्कबाट पनि सर्ने गर्छ । स्वाइन फ्लूबाट बच्न बाहिर हिँड्दा मास्क लगाउने, रोगीको सम्पर्कमा सकेसम्म नजाने र शंका लागे जँचाउन गइहाल्नुपर्ने उनले सुझाव दिए।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *