देशको चिन्ता कसैले लिनु पर्दैनः प्रधानमन्त्री ओली

 

माघ १७, दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यक्ता पुरा गर्न सरकार जिम्मेवारीका साथ अगाडी बढेको बताएका छन् । 

झापाको दमक नगरपालिकाले आजदेखि आयोजना गरेको पाँचदिने प्रदेशस्तरीय बृहत् बाल महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशको साझा लक्ष्य प्राप्तिका लागि कसैले बाधक बन्न नहुने धारणा राख्दै विकास र समृद्धिको महान् यात्रामा अब सबै नेपाली एक ढिक्का हुनुपर्ने खाँचो रहेको औँल्याए । 

null

उनले सरकारको एकमात्र लक्ष्य विकास र समृद्धि भएकाले त्यहीँबाट नेपालले फड्को मार्नेमा जोड दिँदै भने,‘सरकारले देशको समृद्धि र विकासको एजेण्डामा क्रियाशील भएर काम गरेको छ । तीव्रगतिले काम गरेको छ । अब कसैले देशको चिन्ता लिनुपर्दैन ।’ 

‘सुखी नेपाली र समृद्धि नेपाल’ को परिकल्पना सरकारको लक्ष्यमात्र नभएर देशकै योजना भएको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले देशको विकाससँगै नेपाली जनताको अधिकार प्राप्ति र विकासमा आधुनिकता हासिल गर्न उन्मुख भएकाले पनि देश रुपान्तरितको दिशामा अगाडि बढेको छ भने । 

उनले बालमहोत्सवले बालबालिकाभित्रका लुकेका प्रतिभालाई उजागर गर्ने अवसर भएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *