इँटाभट्टाबाट ६ जना बालकको उद्धार

विराटनगर। मोरङ कटहरी गाउँपालिकामा सञ्चालित एक इँटाभट्टाबाट श्रम गरिरहेका ६ जना बालकको बुधबार उद्धार गरिएको छ।  

जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपाल विराटनगरको संयुक्त टोलीले कटहरी गाउँपालिका–५ स्थित कृष्ण प्रणाम इँटाभट्टामा श्रम गर्न बाध्य बनाइएका १६ वर्षमुनिका ५ भारतीयसहित ६ जना बालकको उद्धार गरिएको हो। 

उद्धार गरिएका सबै बालकलाई विराटनगर–१३ स्थित पूर्वाञ्चल अनाथ आश्रममा पठाइएको मोरङ प्रहरीका प्रवक्ता नायब प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। 

null

यसरी उद्धार गरिएकामा भारतीय नागरिक १६ वर्षीय रुवेल मिया, १६ वर्षीय कासनकुमार विश्वास, १४ वर्षीय राजकुमार विश्वास, १४ वर्षीय काउछर आलम, ११ वर्षीय रुवेल मिया र मोरङ भौडाहाका १३ वर्षीय मोहन सरदार रहेका छन्।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *