चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पनि पारित

माघ १४, काठमाडौँ । चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिच आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक टेबुल भएको थियो। तेस्रो बैठकमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले टेबल गरेको विधेयक राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिलसिनाले सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे।
null
आजको बैठक शुरु हुने वित्तिकै नेपाली काङ्ग्रेसका सांसद आ–आफ्ना स्थानबाट उठेर बैठकलाई अवरोध गरेपछि पहिलो बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । पहिलो बैठकमा कांग्रेसले दुईवटा अस्पताललाई केन्द्रमा नराखेको, संबैधानिक आयोगका अध्यक्षहरुको सिफारिस र प्रतिनिधि सभामा बल प्रयोग भएको भन्दै विरोध जनाएको हो ।
दास्रो बैठकमा भने कांग्रेसको विरोधका बीच नै चिकित्सा शिक्षा टेबल गरेर आधा घण्टाका लागि बठक स्थगित गरिएको थियो ।
तेस्रो बैठकमा चिकित्सा शिक्षा विधेयक पारित भएको हो । व्यापकरुपमा मर्यादापालक परिचालन गरेपछि कांग्रेस सांसदहरु नाराबाजी मै सीमित भए।
राष्ट्रियसभाको अर्को बैठक आगामी १७ गते बिहीबार दिउँसो २ बजे पुनः बस्नेछ ।








