हृदयघात भएका पूर्वयुवराज पारस खतरामुक्त छन् ?

 

माघ १५, काठमाडौं । हृदयघात भएर नर्भिक अस्पताल भर्ना गरिएको पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । 

सोमबार दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगतै अकास्मात छाती दुख्न थालेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । 

null

सोमबार आइसीयूमा भर्ना भएका पूर्वयुवराज पारसको मंगलबार स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। नर्भिक अस्पातालका अनुसार शाहको अवस्था स्थिर छ। तर, खतरामुक्त भने छैन। उनी केही दिन अस्पतालमै रहने पनि जनाइएको छ। 

छातीमा पीडाको महसुस भएपश्चात् शाहलाई सोमबार अपराह्न ४ः१५ बजे नर्भिकको आकस्मिक कक्षमा पु¥याइएको थियो। तत्कालै उनलाई क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गरिएको थियो। उनको मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो। ् 

धमनीको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न भई उनलाई सीसीयूमा सारिएको अस्पतालले जनाएको छ। 

उनको उपचारमा प्राडा यादवदेव भट्ट लगायत डा जेपी जैसवाल, डा नग्मा श्रेष्ठ, डा सन्तोष श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा प्रज्वल श्रेष्ठको टोली खटिएको थियो। 

पारसलाई पहिलेदेखि नै छाती दुख्ने समस्या छ। उनलाई हृदयघात भएको यो तेस्रो पटक हो। यसअघि नै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको थियो। 

छोरा अस्पताल भर्ना भएपछि पूर्व रानी कोमल शाह सोमबार राति नै सडकमार्ग भएर अस्पताल पुगेकी थिइन् । उनी हेटौडाबाट सडकमार्ग भएर काठमाडौँ आएकी हुन् । 

अहिले उनको रेखदेखमा बहिनी प्रेरणा छिन्।पत्नी हिमानी भने अस्पताल पुगेकी छैनन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 3 =