कतार एसियन कपको फाइनलमा, जापानको समना गर्ने

एजेन्सी । आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४–० गोलल हराउँदै कतार एसिएन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगबार राति भएको खेलमा कतारले पहिलो र दोस्रो हाफमा दुई दुई गोल गरेको थियो ।  

कतारको जितमा बोउलेम खोउखीले २२ औं मिनेटमा खाता खोले । ३७ औं मिनेटमा अल्मोज अलीले गोल गर्दै पहिलो हाफका कतारको अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा हसन अल हैदोसले तेस्रो गोल गरे । इन्जुरी समयमा हमिद इस्मेलले अर्को गोल थप्दै कतारको जित सहज बनाए ।  

यूएई खेलको अन्तिम समयमा १० खेलाडीमा खेल सकेको थियो । यूएईका इस्मेल अहमेद रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि कतारले चौथो गोल थपेको थियो । यूएईले दोस्रो हाफमा गोल गर्ने राम्रा अवसर बनाएपनि गोल गर्न सकेन ।  

null

सन् २०२२ को विश्वकप आयोजक कतारले फाइनलमा एसियाली पावर हाउस जापानको समना गर्नेछ । जापानले इरानलाई हराएर फाइनलमा स्थान बनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *