प्रिमियर लिगको लिडर लिभरपुल बाहिरियो

लिभरपुललाई एफए कपमा झड्का लागेको छ । यो सिजन निकै उत्कृष्ट प्रदर्शन गर्दै आएको प्रिमियर लिगको लिडर क्लब लिभरपुल एफए कपको तेस्रो चरणबाटै बाहिरिन बाध्य भएको छ । 

सोमबार राति अवे मैदानमा भएको खेलमा लिभरपुल वुल्भ्ससँग २–१ ले पराजित भयो । घरेलु टोली वुल्भ्सले उत्कृष्ट प्रदर्शन गर्दै जर्गेन क्लोप्पको टिम लिभरपुललाई हराएको हो । वुल्भ्सका लागि राउल जिमिनेज र रुबेन नेवेसले गोल गरे । लिभरपुलका लागि डिभोक ओरिजीले एक गोल गरेका हुन् । 

क्लोप्पले तीन किशोर खेलाडीलाई पूर्ण डेब्यु गराएको खेलमा वुल्भ्सका लागि ३८ औँ मिनेटमा जिमिनेजले गोल गरे । ५१ औँ मिनेटमा ओरिजीले लिभरपुलका लागि बराबरी गोल फर्काए । तर त्यसको चार मिनेटपछि नेवेसले गोल गरेपछि वुल्भ्सले २–१ को महत्वपूर्ण जित निकाल्दै चौथो चरणमा स्थान पक्का गरेको हो । 

null

लिभरपुलको यो लगातार दोस्रो हार हो । यसअघि प्रिमियर लिगमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *