सहकारीको पुँजीलाई कृषि र पर्यटनमा लगानी गर्न सकिए आर्थिक समृद्धिः नगर प्रमुख गिरी

 

माघ ३, काठमाडौं । चन्द्रागिरी नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले अर्थतन्त्रको सम्पूर्ण मेरूदण्डको सन्तुलित प्रयोगबाट बिकासको लागि पूर्वधार कम्पनी खडा गर्न सकिने बताएका छन् ।चन्द्रागिरी नगरपालिका–१ को इन्द्रस्थान कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभालाई संवोधन गर्दै गिरीले नगरको बिकास र संमृद्धिको लागि सहकारीको भूमिका अपरिहार्य रहेको धारणा राख्दै सहकारी अभियानकै कारण महिलाहरुको शशक्तिकरणमा टेवा पुगेको बताए । ‘सहकारीमा एकीकृत पुँजीलाई कृषि तथा पर्यटन क्षेत्रमा लगानी गर्न सके हामीले आर्थिक संमृद्धि हासिल गर्न सक्छौं ।’ उनले भने ।  

कार्यक्रममा वोल्दै चन्द्रागिरी नगरपालिका १ का वडा अध्यक्ष राजेन्द्र केसीले सहकारीले समुदायमा छरिएको पैसालाई एकिकृत गरी सदस्यहरुको समस्या समाधान गर्नुका साथै बैंकहरुको झञ्झटिलो प्रकृयाबाट मुक्त गरी सहजै वित्तीय सेवा प्रदान गरेकोमा प्रशंसा गरे । उनले सहकारीमार्फत संकलित पूँजीलाई कृषि व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा जोड्न सके त्यसले सदस्यहरुलाई पनि मालिक बनाउने बताए ।  

null

सभामा संस्थाका अध्यक्ष विरवल थापाले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । सदस्यहरुको स–सानो पूँजीलाई दैनिकरुपमा बचत गराउने र बचत भएको पूँजीलाई सदस्यहरुकै हितका लागि लगानी गर्ने निकाय सहकारी भएको उनले जनाए । सहकारी क्षेत्रलाई राज्यले समेत प्राथमिकता दिएर नै ३ खम्बे अर्थ नितीमा सहकारीलाई एक खम्बाको रुपमा अघि सारेकाले सहकारीले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने उनको भनाई थियो ।  

संस्थाले गत आवको अन्त्यसम्म १ करोड २६ लाख १२ हजार शेयरपूँजी पुर्याउन सफल भएको छ । गत आवको नाफाबाट संस्थाले सदस्यहरुलाई १५ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले घरायसी, लघु, हायरपर्चेज, मुद्दती रसिद, व्यवसायिक र छोटो अवधिका लागि कर्जा लगानी गर्दै आएको छ । सभामा सदस्यलाई सम्मानपत्र, आवधिक बचतकर्ता, उत्कृष्ट निक्षेपकर्ता, उत्कृष्ट व्यवसायीलाई सम्मान समेत गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *