वैदेशिक रोजगारीमा जानेलाई डलर साट्न कडाई, अब मात्रै २०० डलर साट्न पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीले लैजान पाउने वैदेशिक मुद्रामा भारी कटौती गरेको  छ । 

अब वैदेशिक रोजगारमा जानेहरुले अब २ सय अमेरिकी डलरसम्मको वैदेशिक मुद्राको सटही सुविधा पाउने छन् । 

यसअघि ५ सय डलर सम्मको वैदेशिक मुद्रा लिएर कामदार विदेशिन पाउँथे ।  

null

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जानेलाई २ सय अमेरिकी डलरसम्म मात्रै सटही सुविधा दिन भन्दै एक निर्देशन जारी गरेको छ । रोजगारीमा जानेका लागि २ सय डलर पर्याप्त हुने दावी राष्ट्र बैंकका अधिकारीहरुको छ । 

कामदार विदेश पुगेपछि उसको खर्च रोजगारदाता कम्पनीले गर्ने भएकाले ठूलो मात्रामा वैदेशिक मुद्रा बाहिरिन नदिन यस्तो व्यवस्था गरिएको उनीहरु बताउँछन् । 

पछिल्लो सयममा सरकारको विदेशी मुद्राको सञ्चिति दयनीय अवस्थामा छ । मंसिरसम्मको तथ्यांकअनुासर सञ्चितिले ७.८ महिना मात्रै आयात धान्न सक्छ । 

सरकारले हाल वैदेशिक शिक्षाका लागि जानेहरुले प्रतिव्यक्ति १५ सय अमेरिकी डलर मात्रै लैजान पाउने व्यवस्था गरेको छ । कात्तिकसम्म २५ सय डलरससम्म लैजान पाइन्थ्यो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *