बस र दमकल ठोक्किँदा २७ घाइते
मकालु खबर
२०७५ माघ ९ गते
कावासोती। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र दमकल ठोक्किँदा २७ जना घाइते भएका छन्।
काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८७९७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु १ ग ३१० नम्बरको कावासोती नगरपालिकाको दमकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते सात जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ।
अन्यको मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
null
मकालु खबर
२०७५ माघ ९ गते
प्रतिक्रिया