‘अहिले मुलुकमा विधिको हैन ब्यक्तिको शासन छ’

 

नेपाल तरुण दलले माघ ८ गतेबाट बर्तमान सरकारका विरुद्ध देशभर संघर्षका कार्यक्रम तय गरेकोमा १ नं. प्रदेशमा ब्यापक तयारी गरिएको छ । नेपाल तरुण दल सुनसरीका सभापति सिजन गुरुङले सरकारको अधिनायकवाद विरुद्ध देशभरका तरुणहरु सडकमा उत्रिनका लागि १ नं. प्रदेशमा पुरै तयारी गरिएको बताए । प्रस्तुत छ, नेपाल तरुण दल सुनसरी सभापति गुरुङसँग आन्दोलनका सन्दर्भमा गरिएको कुराकानीको संक्षेपः 

दुई तिहाईको दम्भ पालेको बर्तमान सरकारका पछिल्ला निर्णय र कृयाकलापले यो सरकार अभिनायकवाद तर्फ उन्मुख हुँदैछ भन्ने प्रष्ट हुँदै गएकोले सरकारको अभिनायकवाद विरुद्ध जिम्मेवार प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसका भातृ संगठन नेपाल तरुण दल सरकारलाई खबरदारी गर्न सडकमा उत्रिएको हो । 

null

अहिलेको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको हामीले हैन जनताले नै महशुष गरेको कुरा हो ।दुई कम्युनिष्ट पार्टीको एकीकरणबाट दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारका प्रायः सबै निर्णय र कदमहरु अधिनायकवाद तर्फ उन्मुख छ । निर्मला पन्त हत्या प्रकरण, डा. गोविन्द केसीसँग गरेका सम्झौता पालनामा देखाएको उदासिनता, वाइडबडी काण्ड, संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई गरिएको ब्यवहार, न्यायालय माथि गरिएको हस्तक्षेप अधिनायकवाद हो । प्रेस स्वतन्त्रता र अभिब्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप, भ्रष्टाचार, महंगी बृद्धि, राज्यको ढुकुटीबाट कार्यकर्ता पोस्ने कार्य तथा विभिन्न अपराधिक कृयाकलापमा संलग्नलाई संरक्षण गर्नु नै केपी ओली सरकार अधिनायकवाद तर्फ उन्मुख रहेको प्रष्ट भएको छ । अहिले मुलुकमा विधिको हैन ब्यक्तिको शासन छ । 

मिठामिठा उखान टुक्का गाँसेर भाषण मात्र गरेर देश बन्दैन । स्थायी शान्ति र संबृद्धिका लागि सरकारसँग भिजन चाहिन्छ । 

स्थानीय र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षित रुपमा सिट हासिल गर्न सकेन, जसले गर्दा संसदमा संख्यात्मक रुपमा कांग्रेसको भूमिका कमजोर देखियो । तथापि, कांग्रेसले सरकारका गलत निर्णयका विरुद्ध संसदमा आवाजै नउठाएको भन्ने चैं हैन । 

यहाँ सरकार कस्तो सम्म निरंकूश भइदियो भने, संसदमा सरकारलाई प्रश्नै गर्न समेत पाइएन । दुई तिहाई छ भन्दैमा सरकारले गरेको गलत कामलाई खबरदारी नै गर्न नपाउने ? 

संसदमा कांग्रेसले खबरदारी गर्दा सडकमा तरुण दलले खबरदारी गर्न आवश्यक छ । विगतमा मुलुकलाई आवश्यक परेको बेला जस्तोसुकै अवस्थामा तरुण दल अग्रमोर्चामा थियो र, अहिले पनि छ । 

कांग्रेसले मुलुकमा स्थायी शान्ति र विकासका लागि दुई तिहाईको स्थायी सरकार चाहिन्छ भनेर बर्तमान सरकारलाई काम गर्ने समय दिन अहिलेसम्म सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ । डेढ वर्ष भनेको सानो समय हैन । महंगी, भ्रष्टाचार, अराजकता, हत्या हिंसा बढाउनुको सिवाय यो सरकारले केहि गर्न सकेन । मिठामिठा उखान टुक्का गाँसेर भाषण मात्र गरेर देश बन्दैन । स्थायी शान्ति र संबृद्धिका लागि सरकारसँग भिजन चाहिन्छ । यो सरकारसँग देश बनाउने भिजन नै छैन । 

मुलुकलाई विकास गर्ने हो भने, स्पष्ट भिजन बनाउन आवश्यक छ । आफ्नै देशको स्रोत साधन प्रयोग गरेर युवाहरुलाई स्वरोजगार बनाउँदै आत्मनिर्भरता तर्फ अग्रसर बनाउनुपर्छ । अहिले दैनिक सयौंको संख्यामा विदेशिएका युवालाई स्वदेशमै रोजगारी गर्ने वातावरण सृजना गर्नुपर्छ । कृषि, उद्योग ब्यवसाय र पर्यटनका क्षेत्रमा राज्यले निजी क्षेत्रलाई समेत समेटेर दिर्घकालिन योजना बनाउन आवश्यक छ । तर, यो सरकारले युवाहरुलाई विदेशिन प्रेरित गर्न विभिन्न मुलुकमा रोजगारीका लागि पहल गर्नु वाहेक केहि गर्न सकेन । स्वदेशी पुँजी विदेश लानेलाई सम्म नियन्त्रण गर्न सकिरहेको छैन । 

सरकारका अधिनायकवाद विरुद्ध ८ गतेदेखी देश ब्यापीरुपमा हुने प्रर्दशनको तयारी ब्यापक रुपमा भएको छ । फस्ट इम्प्रेष्ट इज लास्ट इम्प्रेष्ट भने जस्तै १ नं. प्रदेशको विराटनगरको प्रर्दशनले देशभर माहौल तातिने भएकोले यहाँ अधिकतम तरुण र जनता सडकमा उतार्न १४ वटै जिल्लामा तयारी भएको छ । तरुण दलको यो प्रर्दशनले सरकारको अधिनायकवाद कमजोर हुने अपेक्षा गरेका छौं । 

नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, कोषाध्यक्ष चारै जनाको सहभागीता रहनेछ । भने, पार्टीले पनि सबै जिल्लामा आन्दोलनलाई समर्थन गर्न र सहयोग गर्न सर्कुलर जारी गरेकोले पार्टीका केन्द्रिय, प्रदेश तहका नेता कार्यकर्ताको ब्यापक सहभागीता रहनेछ । 

मुलुकमा बढ्दै गएको हत्या हिँसा, बलात्कार, अराजकताका विरुद्ध, मुलुकलाई विधिको शासनमा ल्याउनका लागि र मुलुक ब्यक्तिको हैन विधिको शासनबाट चल्नुपर्छ भन्ने मान्यता स्थापित गराउन जनताले यो आन्दोलनमा सहभागीता जनाउन आवश्यक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *