सीताको स्वास्थ्यमा सुधार, जनरल वार्डमा २४ घण्टा निगरानीमा राखिने

काठमाडौं । भाइरल ज्वरो र रुघाखोकीका कारण सुमेरु अस्पतालको आईसियूमा भर्ना भएकी नेकपा अध्यक्ष पुष्पकमल दाहालपत्नी सीताको स्वास्थ्यमा सुधार आएको छ । 

उनलाई आइतबार दिउँसो आइसियुबाट जनरल वार्डमा सारिएको दाहालको निजी सचिवालयले जनाएको छ । 

उनी माघ ६ मा अस्पताल भर्ना भएकी थिइन । उपचारमा संलग्न चिकित्सक डा.अशोक शर्माका अनुसार, जनरल वार्डमा उनलाई २४ घण्टा निगरानीमा राखिनेछ । अवस्था सुधारोन्मुख भए सोमबार दिउँसो डिस्चार्ज गर्न सकिने डा.शर्माले बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *