कोटेश्वरबाटै अपहरणमा परिन् डाक्टरकी दुई वर्षीया छोरी, ७ घण्टापछि प्रहरीले गर्याे उद्धार

 

माघ ११, काठमाडौँ । प्रहरीले अपहरणमा परेकी डाक्टर बबिता शाहीकी दुई वर्षीया छोरीको सकुशल उद्धार गरेको छ । 

कोटेश्वरको खरिबोट स्थित शाहको घरबाट बालिका अपहरणमा परको र ७ घण्टापछि उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।  

null

प्रहरीका अनुसार धनुषा स्थायी घर भएकी डाक्टर साहकी छाेरीकाे बिहान साढे ८ बजे अपहरण भएकाे  थियाे।  

प्रहरीले गाैशाला तिलगंगामा रहेकाे हाेटल गणेशबाट अपहरणमा परेकी बालिकाकाे उद्धार गरेकाे जनाएको छ। अहरणकारीको पहिचान भए पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। 

फिरौती र रिसिइवीका कारण बालिकाको अपहरण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *