संसदीय समितिमा पाँच जना राजदूतको सुनुवाई हुँदै

संसदीय सुनुवाई विशेष समितिले विभिन्न देशका लागि सरकारद्वारा सिफारिस पाँच जना राजदूतको आज (बिहीबार) सुनुवाई गर्दैछ। 

सिफारिसमा परेका कसैका विरुद्धमा पनि उजुरी नपरेकाले सम्भवत बिहीबारै सबै राजदूत समितिबाट अनुमोदन हुनेछन्। 

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले फ्रान्सका लागि राजदूतमा सिफारिस दीपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाइल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदूत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि सुनुवाई गर्न लागेको हो। 

null

मन्त्री परिषदको ६ पुसको उनीहरुलाई राजदूतमा नियुक्त गर्ने सिफारिस गरी सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पत्राचार गरेको थियो। 

सिफारिसमा परेका राजदूतहरुको विषयमा कुनै उजुरी भएमा पुस २८ गते सम्ममा समितिको कार्यालय तथा देशभरका सवै जिल्ला प्रशासन कार्यालयबाट उजुरी पठाउन सकिने व्यवस्था गरिएको थियो। तर, कुनै पनि व्यक्तिका विषयमा उजुरी नपरेको समितिले जनाएको छ। 

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशलाई पत्राचार गर्नेछ। सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले राजदूतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =