हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

 

माघ ४, काठमाडौँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति लगानी मैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार औंल्याएका छन् ।  

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा एक्स्पो सुरु भएको हो एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरुले सय भन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धित उत्पादन, सेवा तथा परामर्श दिनेछन् । 

null

एक्स्पोको अवलोकन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले सरकार, नीजि क्षेत्र तथा विदेशी लगानीकर्ताहरु जलविद्युत आयोजनामा लगानी गर्न लालायित भएको भन्दै उचित नीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको बताए । ‘हामी विजुलीमा आत्मनिर्भर छैनौ । अर्बौ रुपैयाँको विजुलि आयात गरीरहेका छौं । सबै भन्दा पहिले हामी उर्जामा आत्मनिर्भर हुनुपर्छ । आन्तरिक खपत भएपछि बाँकी भएको विद्युत निर्यात गर्ने सम्बन्धमा अहिले देखि नै सोच्नुपर्दछ ।’ उपराष्ट्रपति पुनले भने ।  

 

विद्युतको प्रयोगबाट इन्धन आयत विस्थापन गर्दै ब्यापार घाटा सन्तुलनमा ल्याउन सकिने उनको तर्क थियो । ‘भान्छामा ग्यास होइन, विद्युतिय चुलो बल्नुपर्छ, सडकमा विद्युतीय सवरी साधान चल्नुपर्छ ।’ उपराष्ट्रपति पुनले भने । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रा. लि. ले गरेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिगं ९० प्रतिशतले घटेकोमा विद्युत प्राधिकरणको कुशल व्यवस्थापनको तारिफ गरेका थिए । केही उद्योगहरुमा अझै विद्युत अभाव रहेको बताएका उनले केही वर्षमा नै भएको कायापलटबाट उत्साहित बनेको बताए । जलस्रोतमा नीजि क्षेत्रको लगानी भित्राउन सहज वातवरणको आवश्यक्ता औंल्याएका उनल नीजि क्षेत्रको लगानीले मात्रै पनि देशको समृद्धिको सपना साकार पार्न सक्ने दावि गरेका ।  

नेतृत्व तहमा रहेकाहरुले पटक पटक नीजि क्षेत्रसँगको सहकार्यको विषय महत्वपूर्ण रहेको भन्दै भाषण गरे पनि व्यवहारमा त्यस्तो नभएको उनको भनाई थियो । ‘नीजि क्षेत्रलाई विश्वस गर्ने वातावरण अझै पनि छैन् । हाइड्रोपावर क्षेत्रमा भ्याट रिफण्डको व्यवस्था गरिएको छैन । जबकी चुरोट तथा मदिरा उद्योगहरुले यही मुलुकमा भ्याट रिफण्ड पाउँछन् । यस्तो अवस्थामा हाइड्रो प्रोजेक्टमा नीजि लगानी कसरी आकर्षित हुन सक्छ ? प्रोत्साहन गर्ने किसिमको वाताबरण बन्नु पर्यो, लगानी गर्नेहरु पर्खिएर बसेका छन् ।’ गोल्छाले भने ।  

जलविद्युत आयोजनामा देखिएका स्थानीय सत्रका समस्यालाई समाधान गर्ने सम्बन्धमा पनि पहलकदमी लिन उनले उपराष्ट्रपति मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । ३ दिनसम्म चल्ने एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने छ ।  

 

नेपाल उद्योग परिसंघका अध्यक्ष हरीभक्त शर्माले एक्स्पोमा सहभागि विभिन्न मुलुकका लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्ने उचित समय आएको भन्दै लगानी बढाउन आग्रह गरेका थिए । विश्वमा नेपाल जलस्रोतमा अधिक धनी मुलुक भएका कारण नेपालमा जलविद्युत आयोजनाहरुमा लगानी गर्न उनले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएका थिए । यसका लागि सरकारले नीतिगत व्यवस्था गर्दै नेपालका बारेमा सहरात्मक सन्देश प्रवाह गराउनु पर्ने उनको भनाई थियो ।  

‘जलविद्युत क्षेत्रको संभावनालाई यथाशिघ्र चाडो रियलाइज गरौं । यो अरु उद्योग जस्तो नभई धेरै लगानी चाहिने उद्योग हो । सरकारले पनि यस्ता नीतिहरु बनाउन जरुरी छ । जुन नीतिलाई टेकेर लगानीकर्ताहरुले रिक्स लिन सकौं ।’ सिएनआई अध्यक्ष शर्माको भनाई थियो ।  

कार्यक्रममा उर्जा समस्या समाधानमा रचनात्मक भुमिका निर्वाह गरेको भन्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सम्मान गरिएको थियो । सम्मान ग्रहण गर्दै घिसिङ्गले विद्युतको मागलाई ध्यानमा राखेर काम गरिरहेको बताएका थिए । १५ मेगावाट सम्मको ट्रेकर प्रयोग गर्ने पोलिसीले आन्तरिक बजारलाई प्रर्बदन गरेको उनको भनाई छ ।  

‘अहिले हामी ३ सय युनिट पर क्यापिटामा छौ भने ५ वर्ष भित्र ७ सय युनिट, १० वर्ष भित्र १५ सय युनिट पर क्यापिटा पुर्याउने सरकारको लक्ष्य अनुसार अघि बढिरहेका छौं । यसमा नीजि क्षेत्रले २०० भन्दा बढी आयोजनाबाट ५ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी काम अघि बढेको छ ।’ घिसिङ्गले भने । 

विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहने आयोजक संस्था इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।  

‘सरकारको १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यलाई सहयोग गर्ने लक्ष्यका साथ आयोजना गरिएको एक्स्पोले विभिन्न मुलुकका जलविद्युत क्षेत्रका सरोकारवालालाई एकै छानामुनी भेला गराएको छ । यसले हामी उत्साहित बनेका छौं ।’ इप्पान अध्यक्ष गुरागाईले भने । जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ सुरु भएको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन् । 

साथै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि. तथा युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् । नेपाल इण्डिया चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिज, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीज, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी, टनेलिंग एशोसिएसन अफ नेपाल, इनर्जी नेपाल म्यागेजिन, टनेलिंग प्रोशेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बी फोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिंग, एबिबि इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेक बुल्गेरिया तथा चगंक्विगं वाटर एण्ड टर्वाइन वक्र्स कम्पनी लिमिटेड एक्स्पोका मोर्कटिंग पार्टनर रहेका छन् । 

नीजि क्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समुह अन्तरगतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसि) ले सहप्रायोजन गरेको छ । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपाल शिपिंग एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियल पार्टनर रहेका छन् । चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।  

आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने छन् ।  

यसै गरी एक्स्पोमा सहभागि भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ ।  एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै स्वदेशी लगानीको परिचालन, विदेशी मुद्रामा हुने कारोबारका जोखिम, नविकरणीय उर्जा, वाताबरणीय तथा सामाजिक व्यवस्थापन, जलविद्युत क्षेत्रका नयाँ आयाम लगायत विषयमा सरोकारवालाका साथै अवलोकनकर्तासँग छलफल तथा अन्तरकृया गरिनेछ ।  

एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिक गरिँदैछ । इप्पान, निती फाउण्डेशन तथा द एशिया फाउण्डेशनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्याप जलविद्युत क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुनेछ । एक्स्पोले सोलार पिभि सिष्टम, वीइण्ड इनर्जी लगायतका नवीकरणीय उर्जाको सम्भाव्यता पहिचान गरि अघि बढ्न समेत विशेष पहल गर्नेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *