स्टकले सेन्ट्रल फाइनान्सको धितोपत्र सूचीकरण स्थगित गरे

पुस ३०, काठमाडाैँ । स्टकले आजै सेन्ट्रल फाइनान्स लिमिटेडको धितोपत्र सूचीकरण स्थगित गरेको छ । धितोपत्र बजार मूल्यमा प्रभाव पार्ने सूचना सम्प्रेषणबारे स्पष्ट जानकारी नदिइएकाले कम्पनीको धितोपत्र सूचीकरण स्थगित भएको हो । 

कम्पनीको २७ गते बसेको सञ्चालक समितिको निर्णयमा नगद लाभांश सम्बन्धी सूचना आइतबार पत्रमार्फत प्राप्त भएको थियो । बजार मूल्यलाई प्रभाव पार्ने सूचना तत्काल उपलब्ध गराउनुपर्ने व्यवस्था भएपनि दुई दिन ढिला गरेर मात्रै उपलब्ध भएको स्टकको भनाइ छ । 

स्टकले नियमानुसार आवश्यक सूचना वा जानकारी प्रमुख कार्यकारी अधिकृत हुने भनी व्यवस्था भएकाले सो जिम्मेवारी पूरा नगरेकाका कारण नियमअनुसार किन कारवाही नगर्ने भनी स्टकले स्पष्टीकरण सोधको छ । स्टकले २४ घण्टा भित्र आवश्यक स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *