कच्चा पदार्थ उत्पादनमा प्रदेश सरकारले सहयोग गर्छः मन्त्री कार्की

विराटनगर, माघ ९ । ‘स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो मुल अभियान’ भन्ने मुल नाराका साथ विराटनगरमा बुधबारदेखी स्वदेशी जुत्ता चप्पल मेला–२०७५ सुरु भएको छ ।  

विराटनगर–७ मेनरोडस्थित बैंक अफ काठमाडौंको अगाडिको खाली स्थानमा १ महिने मेला सुरु भएको हो । सो मेलाको प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले एक समारोहका त्रिच उद्घाटन गरे ।  

सो अबसरमा बोल्दै मन्त्री कार्कीले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न प्रदेश सरकार सँधै तयार रहेको बताए । उनले स्वदेशी उत्पादन नाफा मुलक मात्र नरहेर समाजप्रति उत्तरदायीसमेत रहेको बताउँदै स्वदेशी जुत्ता चप्पल टिकाउ र सस्तो हुने गरेकाले सवैले स्वदेशी उत्पादन प्रयोग गर्नुपर्ने बताए । 

null

मन्त्री कार्कीले स्वदेशी जुत्ता चप्पल उद्योगका लागि चाहिने आवश्यक कच्चा पदार्थ रवर उत्पादनका लागि उद्योगी व्यवसायीले योजना ल्याए सरकारले त्यसका लागि विशेष सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । उनले भने ‘मलाई तपाई उद्योगी व्यवसायीले कच्चा पदार्थ उत्पादन खोलाका बगर जस्ता खालि जग्गामा रवर खेती हुन्छ भन्नु भएको छ । हामी सँग प्रदेशमा पूर्व मेचीदेखि पश्चिम कोशी नदी सम्म पर्याप्त खाली जग्गा रहेको छ, त्यसका लागि योजना लिएर आउनुहोस्, प्रदेश सरकार सहयोग गर्न तयार छ ।’  

मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको छ ।  

मन्त्री कार्कीले अन्य समयको तुलनामा स्वदेशी जुत्ता चप्पल मेला–२०७५ मा जुत्ता चप्पल निकै सस्तो रहेकाले स्वदेशी उत्पादन प्रोत्साहन गर्नका लागि आम उपभोक्तालाई मेला अवालोकन गर्न आग्रह गरे । उनले विदेशबाटा आयात भएका बस्तुहरुलाई निरुत्साहित गर्न स्वदेशी वस्तुको प्रयोग बढाउनु पर्नेमा जोड दिए ।  

सो अबसरमा मेला संयोजक होमनाथ उपाध्यायले मेलामा स्वदेशी १० वटा उद्योगबाट उत्पादित विभिन्न मोडलका जुत्ता–चप्पल राखिएको जानकारी दिए । निःशुल्क प्रवेश रहेको मेलामा जुत्ता–चप्पल खरिद गर्ने ग्राहकले १५ देखि ६० प्रतिशतसम्म छुट पाउने मेला संयोजक उपाध्यायले बताए ।  

मेलामा विएफ डियर हिल, रन सुज, क्रस रोड, म्याजिक, सु ल्याण्ड र कोसेली सुजका स्पोर्टस्, क्याजुअल, हवाई चप्पल र बेल्ट बिक्रीमा राखिएको छ । उपाध्यायले नेपालमा वार्षिक ७ करोड जोडी जुत्ता–चप्पल बिक्री हुने र त्यसबाट ३२ अर्ब बराबरको कारोबार हुने गरेको बताए ।  

उनले जुत्ता–चप्पल उद्योगमा स्वदेशी लगानीको हिस्सा १६ अर्ब रहेको दावी गरे । गत वर्ष आयोजना गरेको जुत्ता मेलाबाट उत्साहित भएका स्वदेशी जुत्ता–चप्पल उद्योगीहरूले पूनः जुत्ता मेलाका आयोजना गरेका हुन् । मेलामा सर्वसाधारण उपभोक्तालाई सस्तो दरमा जुत्ता बिक्री गरिने र विषेश छुट् दिईने म्याजिक कम्पनीका कार्यकारी निर्देशक महेश बाहेतीले बताए । उनले मेला करीब २ लाखले अवलोकन गर्ने अपेक्षाका गरिएको बताए ।  

मेला सुरु भएसँगै मेलामा स्वदेशी जुत्ता चप्पल किन्नेको संख्यामा उल्लेख्य भिड लागेको छ । मेलामा भेटिएकी विराटनरकी सरिता बि.कले बजार भन्दा मेलामा जुत्ता चप्पलको मुल्य तुलनात्मक रुपमा निकै सस्तो रहेको बताईन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *