कांग्रेस सभापति देउवाको घोषणाः अब आन्दोलन गर्छौँ
२०७५ माघ ११ गते

माघ ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब कांग्रेसले सडक र सदन आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार कांग्रेसको नाराबाजी र अवरोधकाबीच पनि चिकित्सा शिक्षा पारित भएपछि सभापति देउवाले यस्तो चेतावनी दिएका हुन् ।
null
‘सरकार अधिनायकवादी भयो । सभामुखले पनि आफ्नो पदीय गरिमा कायम राख्न सकेनन् । हामी त्यसविरुद्ध जे पनि गर्न सक्छौं, आन्दोलन गर्छौँ’, सभापति देउवाले भने ।
सर्वदलीय बैठकमा सभामुखले अवरोध भएमा बैठक स्थगित गर्ने भने पनि पेलेर विधेयक पास गरेको देउवाले आरोप लगाए। कांग्रेसको अस्तित्व मेट्न खोजेको भन्दै देउवाले यसलाई प्रतिकारसम्म हुन सक्ने उनले बताए।
२०७५ माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित








