मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु एक घाइते

पुस २५ भक्तपुर । सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

दुर्घटनामा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको  उपरीक्षक पोखरेलले जानकारी दिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =