‘हामी फेरि हतियार उठाउन तयार छौँ’

माघ १०, काठमाडौँ । बहिर्गमित जनमुक्ति सेना नेपालले माईतिघर मण्डलमा प्रर्दशन गरेका छन् ।
माघ १० लाई कालो दिनको रूपमा मान्दै १० वर्षीय सशस्त्र जनयुद्ध लडे्को जनमुक्ति सेनालाई अयोग्य घोषित गरि अपमान जनक रुपमा आजकै दिन निष्काशित गरेको विरोधमा उनीहरुले कालो पट्टी बाँधेर माइतीघर मण्डलामा प्रर्दशन गरेका हुन् ।
null
बहिर्गमित जनमुक्ति सेना नेपाललाई लगाईएको कथित अयोग्य बिल्ला तुरुन्त खारेजी गर्नुका साथै राज्यबाट सम्मान जनक व्यवहार, स्वेच्छिक अवकास लिएको जनमुक्ति सेना सो सरह राहात प्याकेज ,जनआनदोलनमा घाइते, अपाङ्गलाई दिर्घकालिन व्यवस्थापन लगायत १८ बुँदै माग सहित प्रदर्शनमा उत्रिएका हुन् ।
बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष असिम लिम्बू सुनिलले राज्यले आफूहरूको जायज मागलाई बेलैमा सम्बोधन नगर्ने हो भने अर्को विद्रोह जन्मिने बताए ।
कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष योग्य बहादुर कार्की र प्रदिपले २०६६ माघ १० गते अनमिनले अयोग्य घोषित गरेर ४ हजार ९ जनालाई बाहिर निकालेर व्यवस्थापन नगर्नु सरकारको ठुलो भुल रहेको बताए ।
उनले भने, ‘अब सरकारलाई सोच्न समय दिनेवाला छैन, हामी फेरि हतियार उठाउन तयार छाैँ, देशमा शान्ति प्रकृयाले पूर्णता पाएको छैन ।
कार्यक्रममा बहिर्गमित जनमुक्ति सेना नेपालका महासचिव राजन थापा सुवासले कुनै विदेशीको ईसारमा अयोग्यको विला बहिर्गमित जनमुक्ति सेनालाई लगाउने कार्य भएको भन्दै हाम्रो अन्तिम लडाइ सशस्त्र जनयुद्धमा जानुको विकल्प नरहेको बताए ।
हामी अयोग्यको देशमा युएन लाई बस्ने कुनै अधिकार छैन युएन गो व्याक, क्याण्टोमेन्टको भष्ट्राचार छानविन गर भन्दै नारा लगाइएको थियो ।
करिव २५० जनाको सङ्ख्यामा रहेका बहिर्गमित जनमुक्ति सेना नेपालका प्रतिनिधिहरू कार्यक्रममा सहभागी रहेका छन् ।








