कैलाली: बाटो हिलाम्य हुँदा स्थानीयलाई सास्ती

 

माघ १०, कैलाली । कैलालीको सडकपुर बौनिया–भजनी सडक खण्डको २४ कि.मी. सडक मध्ये ५ सय मिटर सडक हाल सम्म पनी कालोपत्रे हुन सकेको छैन । उक्त क्षेत्रमा कालोपत्रे नहुँदा स्थानीयबासीहरुलाई बर्षामा हिलो र हिउँदमा धुलोले सास्ती भएको छ । 

बर्दगोरीया गाउपालिकाको बौनिया देखी १ कि.मी. उत्तर र १ कि.मी. दक्षिणमा सेती लोकमार्गले कालोपत्रे गरेको थियो भने वडा नं. ५ को रामपुर देखी भजनी सम्मको सडक आर्थिक वर्ष ०७३/७४ मा सडक बिभागले कालोपत्रे गरेको थियो । 

null

 

त्यस बिचको ५ सय मिटर सडक कालोपत्रेको जिम्मा सेती लोकमार्गको भएको भन्दै सडक विभागले कालोपत्रे गर्न मानेको थिएन । 

हाल सेती लोकमार्गको काममा नै अन्यौल्ता देखिएको छ भने गाउँपालिका पनि सेती लोकमार्गको जिम्मा भन्दै पन्छी रहेको स्थानीयको आरोप छ । 

सडकमा भएका खाल्डा खुल्डीका कारण सवारी साधन सञ्चालनमा समेत अप्ठयारो परिरहेको सवारी चालकको गुनासो छ । 

 

बौनिया–भजनीको लामो सडक कालोपत्रे भइसक्दा बिचको ५ सय मिटर सडक ग्रावेलकै अवस्थामा भएपछि पानी पर्दा हिँडडुल गर्न निकै समस्या भईरहेको स्थानीयबासीले बताए । 

गाउँपालिका अध्यक्ष बलीराम डगौरा थारुले भने सडक कालोपत्रेको कामको जिम्मा सेती लोकमार्गकै भएकाले आफूले हात नहालेको र स्थानीयलाई हिँडडुलमा भइरहेको समस्या सामधानका लागि उक्त सडकमा तत्काल ग्रोवल हालेर रोलर लगाउने आश्वासन दिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *