आन्तरिक राजस्व कार्यालय विराटनगरले पूरा गर्याे अर्धवार्षिक लक्ष्य

 

माघ ८, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब १८ करोड १३ लाख रुपैयाँ संकलन गरेर अर्धवार्षिक लक्ष्य पूरा गरेको छ । 

कार्यालयले ३ अर्ब ४ करोड ६४ लाखको लक्ष्यमा उक्त रकम संकलन गरेर १ सय ४ दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेको हो । 

null

गत आर्थिक बर्षको सोही अवधिमा कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन । गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा २ अर्ब ५१ करोड ३४ लाखको लक्ष्यमा २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कार्यालयले संकलन गरेको थियो । 

गत वर्षको अर्धवार्षिक अवधिमा चालु आवको अवधिमा २९ प्रतिशत बढी राजस्व सकंलन गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयले चालु आवको पुस मसान्तसम्ममा आयकर तर्फ ९२ करोड ८३ लाख, ब्याज कर ३ करोड ९५ लाख, मूल्य अभिबृद्धि कर ६० करोड १० लाख र अन्तःशुल्कबाट १ अर्ब ५२ करोड संकलन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *