प्रदेश २ का मन्त्रीले सचिव कुटे

पुस २९, काठमाडौँ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरेका छन् । 

संघीय सरकारले ल्याएको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथमाथि कुटपिट गरेका हुन् । मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए । 

क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थिए । ती मध्ये ४० वटा संस्था छनोट भएका थिए । आफ्नो संस्था छनौटमा नपरेपछि मन्त्रीले सचिवमाथि हातपात गरेका हुन् ।प्रहरीले भने कुटाई खाने सचिवलाई नै नियन्त्रणमा लिएको छ । 

null

केही समय वन अनुसन्धान तथा तालिम केन्द्रमा उपमहानिर्देशक रहेका झालाई गत असोजमा प्रदेश २ को मन्त्रालयको सचिवका रुपमा खटाइएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =