धनकुटाको राजारानीमा नोबेलको शिविरः ७ सय बिरामीको निःशुल्क उपचार

 

माघ ७, धनकुटा । धनकुटाको राजारानीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट करिब ७ सय बिरामी लाभान्वित भएका छन् । नोबेल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा केयर वुमन नेपालले शिविर आयोजना गरेको हो । 

शिविरबाट ६ सय ९७ बिरामीले निःशुल्क उपचार सेवा लिएको आयोजक केयर वुमन नेपालकी अध्यक्ष ईन्दिरा थापाले जानकारी दिइन् । ‘गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म उपचार गराउन आउनुभयो ।’ थापाले भनिन्, ’हलाको आङ खस्ने समस्या, छाला, दम, आँखा र हाडजोर्नीका बिरामी बढी पाइयो ।’ शिविरमा सामान्य किसिमको शल्यक्रियासमेत गरिएको थियो । 

null

 

शिविरमा १ सय १५ जनाको भिडियो एक्सरे, १ सय ३३ जनाको ईसीजी र १ सय ७५ जनाको ल्यााव टेष्ट गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले बताए । शल्यक्रिया गर्नुपर्ने अवस्थाका आङ खसेका १७ महिला, गाठागुठी पलाएका १५ जना र मोतियाविन्दुका ७ जना बिरामीलाई नोबेलमा ल्याएर निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ । 

 

नोबेल शिक्षण अस्पतालले स्थानीय संघसस्थासँग सहकार्य गरेर पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *