रूख काटेको आरोपमा सामुदायिक वन र सडक निर्माण समितिका अध्यक्ष पक्राउ

 

माघ ५, कैलाली । कैलालीको चुरेमा अवैध रुपमा रुख कटानी भएको फेला परेपछि २ जना पक्राउ परेका छन्। सामुदायिक वन र सडक निर्माण समितिका अध्यक्ष लाई वन कार्यालयले पक्राउ गरेको हो । शिद्धप्रगतिशिल सामुदायिक वनका अध्यक्ष हर्क वहादुर साउद र सडक निर्माण समितिका अध्यक्ष ज्ञानसिह धामीलाई हिरासतमा राखेर कारवाहीको प्रक्रिया अगाडी बढाईएको हो। 

चुरे गाउँपालिका वडा नम्वर ६ मा रहेको शिद्ध प्रगतिशिल सामुदायिक बनमा अवैध रुपमा रुख कटान भएको भेटिएपछि उनीहरुलाई पक्राउ गर्दै कारवाहीको प्रक्रिया अगाडी बढाईएको जिल्ला वन डिभिजन कार्यालय कैलालीका प्रमुख अमर बुलनले बताए। 

null

अवैध रुपमा भएको रुख कटानीमा गाउँपालिकाका जनप्रतिनिधिहरुको पनि संग्लनता भएको आशंका गरिएको छ। वन समितीका अध्यक्ष र सडक निर्माण उपभोक्ता समितिका अध्यक्षहरुको बयानका आधारमा संग्लन सवैलाई कारवाहीको दायरामा ल्याउने उनको दावी छ। 

वन डिभिजन कार्यालय कैलालीले अवैध रुपमा रुख कटानी भएको आशंकामा ईलाका वन कार्यालय खानीडाडाका प्रमुख डवल बोहराको नेतृत्वमा छानविन समिती गठन गरेको थियो। उक्त समितीले छानविनका क्रममा झण्डै २ दर्जन बढि रुखहरु टाँचा नलगाएका कटान गरेको फेला पारेको छ। छानविन समितीले केहि स्थानमा रुख काटेर जरा माटोले लुकाएको पनि फेला पारेको संयोजक बोहराले बताए। 

अवैध रुपमा रुख कटानीको विषयमा छानविन समितीले सामुदायिक वनलाई स्पष्टिकरण सोधेकोमा सामुदायिक वनले चित्त बुझ्दो जवाफ दिन नसकेको जनाएको छ। कुन निकायको निर्देशनमा रुख कटानी भएको हो ? भन्ने जवाफको पनि सामुदायिक वनले जवाफ दिन सकेको छैन्। रुख काट्नकै लागि सडक सुविधा हुँदा हुँदै पनि दोश्रो, तेश्रो पटक पनि सडकको ट्रयाक खोलिएको विषयमा पनि सामुदायिक वनले चित्तबुझ्दो जवाफ दिन सकेको छैन्। सडक चुरे गाउँपालिकाको बजेटमा निर्माण भईरहेकाले जनप्रतिनिधिहरुकै संग्लनतामा रुख कटानी भएको पनि हुन सक्ने अनुमान गरिएको छ। 

शिद्ध प्रगतिशिल सामुदायीक वनमा गत बर्ष मात्रै बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु गरिएकाले साल र सल्ला गरि ६७ वटा रुख कटानीको आदेश दिईएको थियो। अन्य २ सय ५८ वटा ढलापडा रुख काट्ने आदेश दिईएको थियो तर सामुदायिक वनको मिलेमतोमा सडक निर्माणको नाममा २ दर्जन बढि रुख काटीएका हुन्। हिरासतमा राखिएका सामुदायिक वनका अध्यक्ष साउद र सडक निर्माण समितीका अध्यक्ष धामीको बयान लिने क्रम जारी रहेको र संग्लन दुवैलाई कारवाहीको दायरामा ल्याउने वन कार्यालयले बताएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =