धरानमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने 

 

पुस २६, धरान । धरानमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने भएको छ । जानकी सामुदायिक टोल सुधार समितीको आयोजना धरान वडा नं १३ को सम्योजन तथा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा स्त्री रोग सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिबिर सञ्चालन हुने भएको हो । 

आज समितिले पत्रकार महासंघ सुनसरीको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि सो शिबिर गर्न लागेको शिबिर संयोजक तथा वडा नं १३ का अध्यक्ष नेत्र का.ले जानकारी दिए । उनले आगामी पौष २८ गते धरान १३ वडा कार्यलय परिसरलाई केन्द्र बनाएर शिबिर सञ्चालन गर्न लागेको जानकारी दिए । जहाँ सम्पुर्ण १३ नं वडा बासीहरुले स्वास्थ्य चेकअप गरी लाभ लिन सक्नेछ । 

null

समितीका अध्यक्ष दिलीप कुमार श्रेष्ठले वि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका स्त्री रोगसँग सम्बन्धीत बिशिष्ट चिकित्सक, तालिम प्राप्त स्वास्थय कर्मी, स्थानिय टोलबासी नर्सहरुको सहकार्यमा स्वास्थ्य शिबिर गर्न लागेको समेत जानकारी दिए । जहाँ प्रसुती एवम स्त्रीरोग, बिभागका बिशोषहरु चिकित्सकहरु डा. पप्पु रिजाल, डा.मोहन चन्द्र रेग्मी, तुलसा बस्नेत, अन्जु थापा, बिदुर भण्डारी,महिमा तुलाधर, हेमा राई लगायतको उपस्थितिमा बिशेष चेक जाँच हुनेछ । 

स्त्री रोग सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिबिर नाम दिईएको शिबिरमा करिब ३ सय जनाको स्वास्थ्य परिक्षण गरिने र औषधी समेत निःशुलक प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । सो शिबिरमा जटिल प्रकृतिका भेटीएका बिरामीहरुको लागी भने प्रतिष्ठानसँग समन्वय गरी अन्य सेवा सुबिधाहरु प्रदान गरिने समेत बताईएको छ । 

समितीले गत दशै तिहारमा देउसी भौलो खेलेर संकलन गरेको ६० हजार रकमका साथै औषधी व्यवसयीहरुसँग समन्वय र वडा नं १३ को आर्थिक सहयोगमा सो शिबिरमा आएका बिरामीहरुलाई औषधी प्रदान गरिने आयोजक जानकी सामुदायिक टोल सुधार समितीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *