दुहबीमा स्वास्थ्य चौकीलाइ स्वास्थ्य उपकरण हस्तानतरण

 

माघ १७, दुहबी । सुनसरीको दुहबी ११ नम्वर वडा स्थित तनमुना स्वास्थ्य चौकीलाइ स्वास्थ्य उपकरण हस्तानतरण गरिएको छ । जेआइजेड संस्थाको सहयोगमा बुधवार एक कार्यक्रमका बिच तनमुना स्वास्थ्य चौकीको वर्थिङ सेन्टरलाइ २ लाख ५० हजारको १३ प्रकारको स्वास्थ्य उपकरण हस्तानतरण गरिएको हो । 

स्वास्थ्य चौकीको वर्थिङ सेन्टरलाइ स्तरोन्नती गर्न सहयोग पुर्याउने र सेवा प्रवाहमा सहयोग गर्ने उदेश्यले स्वास्थ्य उपकरण प्रदान गरिएको जेआइजेडकी कार्यक्रम अधिकृत पार्वती आचार्यले बताईन् ।  

null

 

नेपालका ९ ओटा नगरपालिकामा जेआइजेडको प्रोजेक्ट मध्ये एक नम्वर प्रदेशमा दुहबी नगरपालिका मात्र रहेको छ । कार्यक्रममा दुहबी वडा नम्वर ११ का वडाध्यक्ष आशाराम चौधरीले जेआइजेड संस्थाले तनमुना स्वास्थ्य चौकीलाई फर्निचर, रंग रोगन लगायतका लागि २ लाख सहयोग गरि सकेको जानकारी दिए । 

कार्यक्रममा दुहबीका स्वास्थ्य संयोजक उचित नारायण साहले शुभकामना मन्तव्य दिदौ वर्थिङ सेन्टरलाई व्यवस्थित गर्नकालागि सहयोगको अपेक्षा राखे । उक्त कार्यक्रममा प्रमुख अतिथी रहेका दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जेआइजेड संस्थाले दुहवी नगरपालिकामा गरेको योगदानको विषयमा चर्चा गर्दै दुहबी नगरपालिकामा जेआइजेडको सहयोगमा निशुल्क हेल्थ डेक्स राख्ने जानकारी दिए । 

साथै उनले आगामी बजेटमा स्वास्थ चौकीको बृहत सुधारमा सहयोग गर्ने जनाए । कार्यक्रम सञ्चालन दुहबी ११ तनमुना स्वास्थ्य चौकी प्रमुख हिरालाल साहले गरेका थिए । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *