स्वास्थ्य नाजुक बन्दै गएपछि डा. गोविन्द केसी अस्पताल भर्ना

इलाममा अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन्। श्वासप्रश्वासमा समस्या तथा मुटुको चालमा गडबडी आएपछि उनलाई इलाम जिल्ला अस्पताल पुर्याइएको हो।  

१६औं सत्याग्रहमा बसेको छैठौं दिनमा स्वास्थ्य नाजुक बन्दै गएपछि बिहानै उनलाई इलाम जिल्ला अस्पताल लगिएको उनका अभियन्ता देवराज भारद्वाजले जानकारी दिए। 

उनले भने,‘आइतबार रातिदेखि उहाँमा नयाँ समस्या थप भएको छ, मुटुको चाल कहिले चाँडो कहिले ढिलो हुने भएको छ, अहिले भर्खरै जिल्ला अस्पताल ल्याइएको छ। अब उहाँ अस्पतालमै अनशनमा बस्नुहुन्छ।’ 

null

चिकित्सकले आइतबारै बेलुका डा. केसीलाई अस्पताल जान सुझाव दिए पनि मानिरहेका थिएनन्। तर काठमाडौंबाट गएका डा. अभिषेक सिंह लगायतले सम्झाएपछि डा. केसी सोमबार बिहान अस्पताल जान सहमत भएको भारद्वाजले बताए।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =