कांग्रेसको लगातार अवरोधपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

 

माघ ८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध जारी राखेपछि प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ। 

मंगलबार ३ बजेदेखि बैठक सुरु भएको थियो । पहिलो बैठक नै कांग्रेसले अवरुद्ध पारेको थियो । 

null

बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिएका थिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताएका थिए । 

लगतै कांग्रेस नेताहरुको नाममा रहेको दुईवटा हस्पिटल मन्त्रिपरिषद्को निर्णयबाट केन्द्र सरकारको मातहतमा ल्याउनु पर्ने भन्दै कांग्रेस सांसदहरूले सदन अवरुद्ध गरेपछि सभामुख महराले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । 

दोस्रो बैठकमा पनि कांग्रेस अवरोध जारी राखेपछि १५ मिनेटका लागि बैठक पुनः स्थगित गरिएको थियो । 

दोस्रो बैठक सुरु नहुँदै शिक्षामन्त्रीलाई रोक्न कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गरेका थिए । 

नेकपाका सांसदहरुले पनि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्टममा पठाउने प्रयास गरे । तर, कांग्रेसका सांसदहरुले मन्त्रीलाई घेरेर रोष्टममा जान दिएका थिएनन् । 

दुई पटककै बैठक अवरुद्ध पारेपछि संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभा बैठक आगामी शुक्रबार ११ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित गरेको हो। 

सोमबार पनि कांग्रेसले संसद अवरुद्ध पारेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =