नेपालमा संघीयता असफल हुने ७ कारण

नेपालमा संघीयता कुनै पनि हालतमा सम्भव छैन । यो हाम्रो आवश्यता पनि होइन, क्षमता पनि छैन । संघीयताले नेपाल र नेपालीको हित गर्देन । त्यसकारण तत्काल यसबाट फर्किनु पर्छ । संघीयताबाट फर्किएनौं भनेर ठुलो क्षती हुने छ । संघीयताको बारेमा गलत कुराहरु नेपालमा पठाइएको छ । संघात्मक राज्य र समाबेशीता विपरीत कुरा हुन् ।नेपालको आवश्यकता भनेको शक्तिको हस्तान्तरण हो । गरिब, जनजाती र मधेसीको लागि भनेर जसरी संघीयता भनेर प्रचार गरिएको छ । त्यो गलत कुरा हो । सन् २०१६ मा समाबेशी राज्यको सूचि हेर्ने हो भने १ देखि ४० नम्बरसम्म एकात्मक राज्य भएका देशहरु छन् । त्यसकारण संघीयताले देश बन्छ भन्नु गलत हो । संघीय राज्यव्यवस्था हाम्रो जस्तो देशमा सफल हुनै सक्दैन । संघीयता सफल हुनका लागि कम्तीमा ७ वटा कुराहरु आवश्यक हुन्छ । जून कुरा नेपालमा छैन । १. संघीयता सफल हुन त्यसका लागि अत्यन्त कठोर संविधान चाहिन्छ । तर, तपाइले यस्तो संविधान बनाउनु भएको छ, जहा“ ६/६ महिनामा संविधान संशोधन प्रस्ताव अगाडि सारिन्छ । २.संघीय शासन प्रणालीमा अत्यन्त कडाईसहितको बिधिको शासन चाहिन्छ । तार यहा“ एउटा चोरलाई प्रहरीले गिरफ्तार गर्न पनि नेताहरुको सहमति लिनुपर्छ । ३.संघात्मक शासनका लागि धेरै ठुलो लोकतान्त्रिक संस्कार चाहिन्छ । दलहरुको कुरा गर्नुस् वा नागरिकको कुरा गर्नुहोस् भिन्न विचार राख्नेमाथि गाली गलौच सुरु हुन्छ । हाम्रँे देशमा संस्कारको अभाव छ । ४.संघीयता सफल हुन ठुलो स्टेटम्यानसीप भएको राजनीतिक नेतृत्व चाहिन्छ, जून हाम्रो देशमा शून्य देखिन्छ । ५ंआर्थिक दृष्टिकोणले पनि नेपालमा संघीयता सफल हुने देखिन्न । आर्थिक दृष्टिकोणले नेपालमा ३/४ वटा प्रदेश पनि सम्भव छैन । ६.केबल होमोजेनियस समाजमा मात्र संघीय प्रणाली सफल भएको छ । विविधता संघीय राज्यका लागि विष हो । यो अध्ययनको निष्कर्ष हो । ७.जनताले के चाहन्छन् भन्ने विषय सबैभन्दा महत्वपूर्ण पाटो हो । नेपालमा संघीयताको पक्षमा जनमत छैन । नेपालमा धेरै जनताले संघीयता नै चाहदैन, त्यसकारण नेपालमा संघीयता सफल हुन सक्दैन । 

-डा.भिमार्जुन आचार्यको फेसबुकबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *