दमक चोकमा एनआईसी एशिया बैंकको शाखा

 

दमक, माघ १३ । एनआईसी एशिया बैंक लिमिटेडको नयाँ शाखा दमक नगरपालिका ५ क्याम्पसमोड झापामा स्थापना भएको छ।  दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले आइतबार उद्घाटन गरका हुन्। कारोबार भने गत भदौ १६ गतेबाट नै सुरु भएको थियो। 

शाखाको उद्घाटन समारोहमा मेयर ओलीले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको भन्दै बैंकको प्रशंसा गरे । 

null

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७५ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । 

बैंकको वासलातको आकार रू. २१८ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७५ अर्ब तथा कर्जा रू. १४९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *