केहि यस्तो घरेलु उपाय जस्ले अनुहार गोरो र चम्किलो बनाउँछ

 

माघ ७ ।  सुन्दर हुन हामी सबैलाई मन पर्छ, गोरो र चम्किलो छालाले सौन्दर्यमा निखार ल्याउँछ । गोरो र चम्किलो छाला बनाउन हामी बिभिन्न उपायहरु अपनाई रहेका हुन्छौँ । छाला गोरो बनाउनको लागि धेरै मंहगो व्यूटी प्रोडक्ट पनि प्रयोग गरिरहेका हुन्छौँ तर यस्ता प्रोडक्टहरुले थोरै मात्र काम गरिरहेका हुन्छन् । 

केही यस्ता घरेलु उपायहरु हुन्छन् जस्ले हाम्रो छालालाई गोरो र चम्किलो बनाइ अनुहार सुन्दर बनाउँन मदत गरि रहेका हुन्छ तर हामी ती उपायहरुलाई ध्यान दिदैँनौं । केही त्यस्ता उपायहरु तल दिएका छन् । जस्ले हामीलाई सुन्दर हुन मदत गर्दछ । 

null

बेसन ः 

बेसन एक प्राकृतिक र प्राभावकारी फेस प्याक हो । यसलाई दूध या दहीमा मिलाएर थोरै बेसार राखि त्वचामा लगाउने गर्नाले त्वचामा चमक ल्याउछ । यसमा कागती र टमाटर पनि मिलाएर प्रयो गर्न सकिन्छ । 

 कागती ः 

कागतीले छालाको रंग हल्का बनाउछ र छालाको गहिराइसम्म सफा राख्न मद्दत गर्छ र अनुहारको दाग हटाउछ । कागतीको रसमा बेसन र काँक्रोको रस मिलाएर ३० मिनेट सम्म अनुहारमा राख्ने र सफा पानीले धूने गर्नाले तपाईको अनुहार गोरो र चम्किलो बन्छ । 

 बेसार ः 

काँचो दूधमा बेसार मिलाएर अनुहारमा लगाउनाले केही दिनमै तपाईको त्वचाको रंगमा परिवर्तन ल्याउछ । 

  

गुलाव ः 

गुलावको पात र दूध मिलाएर बनाएको पेस्ट अनुहारमा लगाउनाले अनुहार चमकदार र गोरो बन्छ । 

चंदन पाउडर ः 

चंदनलाई पिसेर अथवा पेस्ट बनाएर बिस्तारै त्वचामा लगाउने गर्नाले यसले त्वचाको दाग धब्बा हटाइ गोरो बनाउछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *