पारस खड्काको सानदार शतकमा नेपालको ऐतिहासिक जित

 

माघ १४, काठमाडौं । पारस खड्काको सानदार शतकमा नेपालले युएई विरुद्धको एकदिवसीय श्रृंखला २–१ ले जितेको छ । अन्तिम तथा तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले एकदिवसीय श्रृंखला आफ्नो पक्षमा पारेको हो । युएईसँगको पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले त्यसपछिको खेलमा उत्कृष्ट पुनरागमन गर्दै युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो । 

नेपालको जितमा पारस नायक रहे । उनले तेस्रो तथा अन्तिम खेलमा सर्वाधिक १ सय १५ रन बनाए । उनले १ सय ९ बलको सामना गर्दै १५ चौका १ छक्काको मद्दतमा १ सय १५ रन जोडेका हुन् । खड्का एकदिवसीय क्रिकेटमा शतक बनाउने नेपालको पहिलो ब्याट्सम्यान समेत भएका छन् । उनले नेदरल्याण्ड्स विरुद्धको खेलमा ५१ रन बनाएका थिए । 

null

यस्तै उनी एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउने खेलाडी समेत बनेका छन् । यसअघि सन् २०१८ मा युएईसँगै भएको डिभिजन–२ को फाइनलमा समेत पारसले शतक प्रहार गरेका थिए । उनले उक्त खेलमा ११२ रन बनाएका थिए । 

खड्का कदिर अहमदको बलमा एलबिडब्लु आउट भए । ओपनिङ व्याट्सम्यानका रुपमा आएका विनोद भण्डारी ९ रनमा आउट भएपछि उनले नेपालको पारी सम्हालेका थिए । उपकप्तान ज्ञानेन्द्र मल्लले ३१ तथा सोमपाल कामिले अविजित २६ रन बनाउँदा यसअघिको खेलमा अर्धशतक प्रहार गरेका रोहित पौडेलले १६ रन बनाए । युएईका इमरान हैदर र अस्फाक अहमदले समान २र२ विकेट लिए । 

यसअघि आइसिसी एकेडेमी दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको थियो । 

 

खराव सुरुवात गरेको युएईका मध्यक्रमका व्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्दा युएई सम्मानजनक योगफल तर्फ उन्मुख भएको थियो । ओपनिङ व्याट्सम्यान अस्फाक अहमद र चिराग सुरीलाई शुन्य रनमा गुमाएको युएईले पाँचौ विकेटकालागि सिपी रिजवान र सैमान अनवरबीच एक सय रनको पार्टनरसिप भएपछि सम्मानजनक योगफल तयार पारेको थियो । युएईका अनवरले सर्वाधिक ८७ रन बनाए । यस्तै रिजवानले ४५ रन बनाउँदा मोहम्मद बुटा ५९ रनमा अविजित रहे । 

नेपालका पारस खड्का र करण केसीले समान २/२ विकेट लिए । नेपालले एकदिवसीय मान्यता पाएपछि यसअघि नेदरल्याण्ड्ससँग खेलेको पहिलो सिरिज १/१ को बराबरीमा सकिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *