‘अनपढ–गवारको विल्ला भिराइयो, सदनमा रोयो भनेर हल्ला चलाइयाे’

 

पुस १७, काठमाडौँ । प्रतिनिधिसभाका सांसद गजेन्द्र महतले मिडियाले गरिमामय संसदमाथि योजनावद्ध ढंगले प्रहार गर्ने गरेको भन्दै गुनासो पोखेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद महतले संसदबारे सञ्चार माध्यममार्फत् ठूलो भ्रम छरिएको बताए । 

null

‘सभामुखदेखि सांसद सम्मले पीएको तलब आफैँ खान्छन् भनेर प्रचार गरिन्छ, नक्कली बिरामी बिल बनाएर बिरामीको पैसा लिन्छन् भनिन्छ, घरभाडाको विषयलाई पनि ठूलो बनाइयो, माननीय मन्त्रीहरुलाई अनपढ गवारको विल्ला भिराइन्छ यहाँ, वैकल्पिक ड्राइभर राख्दा पनि तीलको पहाड बनाइन्छ’, सांसद महतले भने । 

उनले मिडियामाथि गुनासाका चाङ्ग थुपार्दै गत बजेट अधिवेशनमा केही जिल्लाका कुरा राखेको र त्यतिबेला पनि सांसदलाई सदनमा रोयो भनेर मिडियाले ठूलो हल्ला चलाएको बताए । 

कर्मचारीहरुले मिडियालाई सबै सूचना दिने गरेको आरोप लगाउँदै उनले कर्मचारी र मिडिया लागेर पासो थापेको दाबी गरे । ‘यहाँ कर्मचारी र मिडिया लागेर पासो थापिन्छ, त्यो पासोमा एक दुई जना माननीय पर्छन् त्यो माननीय परिसकेपछि ठूलो हंगामा गराइन्छ’, उनले भने । 

‘हामीलाई कति पैसा कमायो जस्तो गर्छन् । सामान्य स्थानीय पूर्वाधार कोष लिँदा पनि कति ठूलो पैसा खल्तीमा हाले जस्तो गर्छन् । त्यो पैसा सबै गाउँपालिकामा गएको छ । माननीय मन्त्रीको सम्पत्ति कति छ ? मिडियाको कति छ, कर्मचारीको पैसा कति छ ? आयोग बनोस्, प्रष्ट थाहा हुन्छ । त्यसै माननीय माथि हिलो छ्याप्न पाईँदैन’, उनले भने । 

त्यस्तै उनले बस दुर्घटनामा जुम्लाका ११ जना विद्यार्थीसहित ज्यान गुमाएका २३ जनाका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *