कामना सेवा विकास बैंकको ६३ औं शाखा काठमाडौंको गोंगबुमा

पुस २९, काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा बिस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा आजबाट ६३ औं शाखाकाे रूपमा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक द्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् । 

शुभारम्भ कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रदेश नं १ र २ का बिभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य क्षेत्रहरूमा समेत शाखा बिस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताए । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *