डा.गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’– योगेश भट्टराई

 

माघ ३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा. गोविन्द केसीकाे जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

बिहीबार बिहान झापाको विर्तामोडमा पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले चिकित्सा शिक्षा विधेयक डा. केसीसँग भएको सम्झौता बमोजिम नै तयार पारिएको उल्लेख गरे । 

null

‘चिकित्सा शिक्षा विधेयकमा उल्लेख भएको चिकित्सा विश्वविद्यालय डा. केसीसँगकै सम्झौता बमोजिम तयार पारिएको हो तर अहिले उहाँ आफूले भन्दै नभनेको कुरा विधेयकमा उल्लेख गरेको दाबी गर्न थाल्नु भएको छ’, नेता भट्टराईले भने । 

उनले केसीको मोडलमा शिक्षण अस्पताल जाने हो भने नेपालमा अझ १०–१५ वर्ष नयाँ मेडिकल कजेल नखुल्ने भन्दै सबै पूर्वाधार पूरा गरेर मेडिकल कलेज खाल्छु भन्ने व्यवसायीलाई रोक्न नुहने बताए । 

‘पूर्वी नेपालका धेरै नेपाली भारतमा उपचार गराउन बाध्य भइरहेका बेला नेपालमै डाक्टरको उत्पादन र अस्पताल खुल्ने वातावरणको बाधक बन्नुको औचित्य त्यति देखिँदैन’, नेकपा नेता भट्टराईले भने । 

बुधबार इलाममा प्रेस चौतारी र प्रेस सेन्टरले आयोजना गरेको अन्तरक्रियामा नेता भट्टराईले डा. गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताएका थिए । उनले केसीलाई ‘कम्युनिष्ट फोबिया’ को सङ्ज्ञा दिए । 

‘राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हुँदैन ?’, भन्दै उनले प्रश्न समेत गरेका थिए । 

प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत रहेका नेता भट्टराईले समितिबाट पारित चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयकको अध्ययन नगरी डा. केसी अनशन बस्न इलाम आएको बताउँदै ‘तपाईहरू डा गोविन्द केसीलाई तटस्थ व्यक्ति भन्दै हुनुहुन्छ होला तर कदापि त्यो भ्रममा नपर्नु होला’ भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *