डीपीएलको खेलाडी अक्सन शनिबार

धनगढी । धनगढी प्रिमियर लिग डीपीएलको खेलाडी अक्सन शनिबार हुने भएकाे छ। यसपटकको अक्सन अघिल्लो संस्करणको भन्दा फरक तरिकाले हुन लागेको बताइएकाे छ। 

अघिल्ला संस्करणमा खेलाडीलाई आयोजकले वर्गिकरण गरेर चार श्रेणीमा राखेर अक्सनमा बोलि लगाइथ्यो भने यसपटक खेलाडी दर्ता गर्दा नै उनीहरुले आफू कुन श्रेणीको खेलाडी भनेर छुट्याएर फर्म भरेका छन्। 

जसका कारण यसपटकको अक्सन खुल्ला रुपमा गरिने भएको छ। जसमा हरेक टिमले आफूलाई चाहिएको खेलाडीमा बोली लगाउनेछन्। 

null

यसपटकको अक्सनमा खेलाडीको बेस प्राइस ३० हजारदेखि दुई लाख ५० हजारसम्म तोकिएको छ। अन्नपूर्ण होटेलमा बिहान ११ बजेबाट हुने अक्सन अगाडि हरेक टिमको मार्की खेलाडीको पनि फाइनल हुनेछ। 

यसपटकको डीपीएलमा अघिल्लो संस्करणमा रहेका मार्की खेलाडी पनि परिवर्तन हुने भएका छन्। प्रतियोगितामा सहभागी ६ टिममा ५ टिमको मार्की खेलाडी फाइनल जस्तै भइसकेको छ भने रुपन्देहीको बाँकी रहेको छ। 

अघिल्लो संस्करणका रुपन्देहीका कप्तान शक्ति गौचनले क्रिकेटबाट सन्यास लिइसकेको अवस्थामा उनको स्थानमा नयाँ मार्की खेलाडी छनोट गरिनेछ। 

यसपटकको डीपीएलको अक्सनमा दुई सयभन्दा बढी खेलाडी समावेश छन्। नेपाल र यूएईबीचको अन्तरराष्ट्रिय एक दिवसीय र टी–२० सिरिजका कारण यो प्रतियोगिता एक साता पछाडि सरेको थियो। जसका कारण अक्सन पनि एक साता पछि धकेलिएको हो। 

प्रतियोगिताको मुख्य प्रायोजक रुस्लान रहेको छ। यसपटकको विजेताले पाउने पुरस्कार रकमको घोषणा हुन बाँकी रहेको छ। यसअघि डीपीएलको विजेताले २५ लाख रुपैयाँ पाएको थियो। 

तेस्रो संस्करणसम्म आइपुग्दा टिम चौराहा धनगढीले दुई पटक उपाधि जितेको छ। पहिलो संस्करणको उपाधि पारस खड्काको कप्तानीमा जितेको थियो भने दोस्रो संस्करणको सोमपाल कामीको कप्तानीमा उचालेको थियो। 

तर यसपटकको डीपीएलमा राष्ट्रिय टिमका कप्तान पारस खड्काले नखेल्ने बताइसकेका छन्। पारिवारिक कारणले उनले प्रतियोगिता नखेल्ने जनाएका हुन। यसअघि माघ १९ गतेबाट फागुन ४ का लागि तोकिएको मिति अब माघ २६ गतेबाट हुनेछ। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *